फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकामा छापिने चिनियाँ भाषाको संचार माध्यमद्वारा चिनियाँ कम्युनिष्ट पार्टीको 18औं राष्ट्रिय महाधिवेशनप्रति नजर

(GMT+08:00) 2012-11-06 10:13:22

         चिनियाँ कम्युनिष्ट पार्टीको 18औं राष्ट्रिय महाधिवेशनको आयोजना हुँदैछ । यसबारे अमेरिकामा छापिने चिनियाँ भाषाको संचार माध्यमले उच्च स्तरमा ध्यान दिएर ठूलो मात्रामा स्थान दिएका छन् । चिनियाँ कम्युनिष्ट पार्टीको 18औं राष्ट्रिय महाधिवेशन चीनको विकासको नयाँ कोसेढुँगा बन्ने कुरा यी संचार माध्यमहरुमा उल्लेख गरिएको छ।

         द चाइना प्रेसले जनाएअनुसार चीनमा सुधार र खुलापन भएपछि चिनियाँ कम्युनिष्ट पार्टीको हरेक पटकको राष्ट्रिय महाधिवेशन आयोजना हुँदा चिनियाँ कम्युनिष्ट पार्टीले सिद्धान्त र सिर्जनामा महत्वपूर्ण र ठूलो प्रगति हासिल गर्न सकेको छ।

        सिनो भिजन नेटले चिनियाँ कम्युनिष्ट पार्टीको 18औं राष्ट्रिय महाधिवेशनको आयोजना चीनको गार्हस्थ राजनीतिको नयाँ कोसेढुँगा भएको कुरा पनि जनाएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह