फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ कम्युनिष्ट पार्टीको 18औं राष्ट्रिय महाधिवेशनले चीनको भविष्यमा सक्रिय भूमिका खेल्ने--चीनस्थित बंग्लादेशका राजदुत

(GMT+08:00) 2012-11-07 16:34:00

         चिनियाँ कम्युनिष्ट पार्टीको 18औं राष्ट्रिय महाधिवेशनले चीनको भविष्यमा ठूलो तथा सक्रिय भूमिका खेल्ने कुरा चीनस्थित बंग्लादेशका राजदुत मुन्शि फयज अहमदले व्यक्त गर्नुभएको छ। उहाँले पेइचिंगमा सि.आर.आइको सम्वाददातालाई दिनुभएको विशेष अन्तर्वार्तामा उक्त कुरा बताउनुभएको हो। नयाँ उत्साह, नयाँ विचार र नयाँ गतिविधिद्बारा नयाँ नेतागण समूहको नेतृत्वमा चीन निरन्तर अगाडी बढेको हेर्ने प्रतिक्षामा रहेको बताउनुभएको छ।

          आयोजना हुनलागेको चिनियाँ कम्युनिष्ट पार्टीको 18औं राष्ट्रिय महाधिवेशनबारे चर्चा गर्दै राजदुत मुन्शिले समाज र अर्थतन्त्रको विकासका साथसाथै पूर्वी चीनको समुद्रतटवर्ती क्षेत्र र चीनको भित्री भूपरिवेष्टित क्षेत्र, विशेष गरी पश्चिमी क्षेत्रबीच ठूलो अन्तर भएको र चीन सरकारले यी समस्यामा झन् झन् बढी ध्यान दिएको बताउनुभएको छ। 18औं राष्ट्रिय महाधिवेशनमा उक्त समस्यासम्बन्धी समन्वयात्मक कदमको प्रस्ताव गर्ने विश्वास उहाँले गर्नुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह