फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कम्युनिष्ट पार्टीको अठारौं राष्ट्रिय महाधिवेशनको तयारी बैठक आयोजित

(GMT+08:00) 2012-11-07 18:37:03

           चिनियाँ कम्युनिष्ट पार्टीको अठारौं राष्ट्रिय महाधिवेशनको तयारी बैठक आज दिउँसो जन बृहत्त सभाभवनमा आयोजना भएको छ। हु चिन थाऊले उक्त बैठकको अध्यक्षता गर्नुभएको छ।

          चिनियाँ कम्युनिष्ट पार्टीको अठारौं राष्ट्रिय महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको कूल संख्या दुइ हजार तीन सय पच्चीस रहेको छ र आज आयोजित तयारी बैठकमा दुइ हजार दुइ सय असी जना प्रतिनिधिहरुले भाग लिएका छन।

           उक्त बैठकमा सि चिन फिङलाई अठारौं महाधिवेशनका महासचिव बनाउने निर्णय गर्नुका साथै महाधिवेशनको कार्य-विधि पारित गरिएको छ।

           चिनियाँ कम्युनिष्ट पार्टीको अठारौं राष्ट्रिय महाधिवेशनका प्रेस प्रवक्ता छाइ मिङ चाउले अठारौं राष्ट्रिय महाधिवेशन भोली विहान नौ बजे पैचिङ्गस्थित जन बृहत्त सभाभवनमा शुरु हुने जानकारी दिनुभएको छ। महाधिवशेन नभेम्बर आठदेखि चौध तारिखसम्म चल्ने छ। हालसम्म सम्बद्ध सबै तयारी काम पूरा भैसकेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह