फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ कम्युनिष्ट पार्टीको अठारौं राष्ट्रिय महाधिवेशनको पहिलो पत्रकार सम्मेलन पैचिङ्गमा

(GMT+08:00) 2012-11-07 22:28:03

             चिनियाँ कम्युनिष्ट पार्टीको अठारौं राष्ट्रिय महाधिवेशनको पहिलो पत्रकार सम्मेलनको आयोजना आज दिउँसो पैचिङ्गमा गरियो। चीनभित्र र बाहिरबाट आएका लगभग छ सय जना पत्रकारहरु आजको पत्रकार सम्मेलनमा उपस्थिति भएका छन्। अठारौं राष्ट्रिय महाधिवेशनका प्रवक्ता छाई मिङ्ग चाउले यस पटकको महाधिवेशनका सम्बन्धित विषयवस्तुका बारेमा जानकारी दिनुभएको छ।

             उहाँका अनुसार चिनियाँ कम्युनिष्ट पार्टीको अठारौं राष्ट्रिय महाधिवेशन भोलि बिहान नौ बजे पैचिङ्गस्थित जन बृहत् सभा भवनमा शुरु हुने भएको छ। यस पटकको महाधिवेशन नोभेम्बर आठदेखि चौध तारिखसम्म चल्ने भएको छ। अब सबै विभिन्न तयारी कार्य पूरा भएको छ।

              आज झण्डै दुई घण्टासम्म चलेको पत्रकार सम्मेलनमा श्री छाई मिङ्ग चाउले चिनियाँ सर्वसाधारण र विदेशी तथा स्वदेशी सञ्चार माध्यमको व्यापक ध्यानाकर्षण गरिएका प्रश्नबारे जवाफ दिनुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह