फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ कम्युनिष्ट पार्टीको अठारौँ राष्ट्रिय महाधिवेशन सुरु

(GMT+08:00) 2012-11-08 09:37:02

 

           चीनको सत्तारुढ पार्टी अर्थात् चिनियाँ कम्युनिष्ट पार्टीको अठारौँ राष्ट्रिय महाधिवेशन आज आठ तारिख विहान पेइचिङको जनवृहत् सभा भवनमा सुरु भएको छ। चिनियाँ कम्युनिष्ट पार्टीका मुख्य नेता र दुई हजार तीन सय जना पार्टी प्रतिनिधि सम्मेलनमा उपस्थित हुनुहुन्थ्यो।

           चिनियाँ कम्युनिष्ट पार्टी पार्टी केन्द्रिय समितिका महासचिव हु चिन थाउले सत्रौँ केन्द्रिय समितिको तर्फबाट महाधिवेशनमा प्रतिवेदन पेश गरी लेखाजोखा गर्न सबै पार्टी प्रतिनिधिसमक्ष आग्रह गर्नुभयो। उक्त प्रतिवेदनमा चिनियाँ कम्युनिष्ट पार्टीले देशको नेतृत्व गरी चिनियाँ विशेषतायुक्त समाजवादी बाटोमा अडिग रहने कुरा लेखिएको छ।

            चिनियाँ कम्युनिष्ट पार्टीको राष्ट्रिय महाधिवेशन र त्यसबाट बनेको केन्द्रिय समिति नै चिनियाँ कम्युनिष्ट पार्टीको सर्वोच्च नेतृत्वदायी एकाइ हो र प्रति पाँच वर्षमा आयोजना हुने गर्दछ। हाल चिनियाँ कम्युनिष्ट पार्टीका आठ करोडभन्दा बढी सदस्य छन् र महाधिवेशनमा सहभागी दुई हजार दुई सयभन्दा बढी प्रतिनिधिहरु त्यसबाट छानिएका हुन्। तीमध्ये सन् 1978 मा सुधार तथा खुलापन नीति लागू भएयता पार्टीमा भर्ना भएका सदस्य यसै अठारौँ राष्ट्रिय महाधिवेशनका मुख्य सदस्य भएका छन्।

            कार्यक्रमका अनुसार, सात दिनसम्मको अवधिमा प्रतिनिधिहरुले श्री हु चिन थाउले पेश गर्नुभएको प्रतिवेदनको लेखाजोखा गरी "चिनियाँ कम्युनिष्ट पार्टी वडापत्र(संशोधन पत्र)बारे छलफल गरी पारित गर्नेछन्। साथै चिनियाँ अनुशासन निरीक्षण आयोगले पेश गरेको कार्य प्रतिवेदनबारे लेखाजोखा गरी नयाँ केन्द्रिय समिति र केन्द्रिय अनुशासन निरीक्षण आयोगको निर्वाचन गर्नेछन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह