फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ कम्युनिष्ट पार्टीको अठारौँ राष्ट्रिय महाधिवेशन सुरु-2

(GMT+08:00) 2012-11-08 12:28:26

            चिनियाँ सत्तारुढ पार्टी अर्थात् चिनियाँ कम्युनिष्ट पार्टीको अठारौँ राष्ट्रिय महाधिवेशन आज आठ तारिख विहान पेइचिङमा सुरु भएको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका महासचिव हु चिन थाउले सत्रौँ केन्द्रिय समितिको तर्फबाट प्रतिवेदन गर्दै चिनियाँ कम्युनिष्ट पार्टीले चीनलाई नेतृत्व गरी चिनियाँ विशेषतायुक्त समाजवादी बाटोमा अडिग रहने कुरा स्पष्ट रुपमा उल्लेख गर्नुभयो।

            लेखाजोखा गर्न सबै पार्टी प्रतिनिधिसमक्ष पेश गरेको प्रतिवेदनमा श्री हु चिन थाउले भन्नुभयो: चिनियाँ विशेषतायुक्त समाजवादी बाटो, चिनियाँ विशेषतायुक्त समाजवादी सिद्धान्त प्रणाली, चिनियाँ विशेषतायुक्त समाजवादी प्रणाली नै चिनियाँ कम्युनिष्ट पार्टी र जनताले विगत नब्बे वर्षभन्दा बढी समयदेखि सिर्जना र प्राप्त गरेको मूल उपलब्धि हो। त्यसमा अडिग रहनुका साथै अरु विकास गर्नुपर्छ। वैज्ञानिक विकास अवधारणा नै चिनियाँ विशेषतायुक्त सामाजवादी सिद्धान्त प्रणालीको पछिल्लो उपलब्धि हो, त्यसलाई मार्क्सवाद-लेनिनवाद, माउ च तुङ विचार, तङ स्याउ फिङ सिद्धान्त, "तीन वटा प्रतिनिधि" महत्वपूर्ण विचारसँग पार्टी दीर्घकालीन अडिग रहन निर्देशक विचारको रुपमा मानिन्छ।

           चीनको सम्पन्न समाजको सम्पूर्ण रुपमा निर्माण हुने निर्णायक चरणको अवधिमा यस महाधिवेशनको आयोजना भएको छ। श्री हु चिन थाउले प्रतिवेदनमा सम्पन्न समाज निर्माण गर्ने नयाँ लक्ष्यबारे अवधारणा प्रस्तुत गर्नुभयो। उहाँका अनुसार, मुख्य लक्ष्यमध्येको एक भनेको सन् 2020 सम्ममा सन्तुलन, समन्वय र स्थिरता स्पष्ट रुपमा वृद्धि भएको आधारमा गार्हस्थ उत्पादन मात्रा र शहर-बस्तीका वासिन्दाको औसत आम्दानी सन् 2010 कोभन्दा एक सय प्रतिशतले वृद्धि हुनेछ।

            साथै श्री हु चिन थाउले भविष्यमा चीनले आर्थिक प्रणाली सुधारलाई सम्पूर्ण रुपमा गहन पार्ने र राजनीतिक प्रणाली सुधारलाई सक्रिय रुपमा बढाउने कुरा बताउनुभयो। चीनको राष्ट्रिय रक्षा, कूटनीति, राष्ट्रिय एकता, पार्टीको निर्माण आदि क्षेत्रको कार्यबारे प्रतिवेदनमा बन्दोबस्त गरिएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह