फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हु चिन थाउद्वारा सम्पन्न समाजको निर्माण,सुधार तथा खुलापनलाई गहन पार्ने लक्ष्य प्रस्तुत

(GMT+08:00) 2012-11-08 12:34:55

          चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव हु चिन थाउले चिनियाँ कम्युनिष्ट पार्टीको अठारौ महाधिवेशनको प्रतिवेदनमा प्रस्तुत गर्नुभएअनुसार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति हेर्दा चीनको विकास रणनीति तथा अवसर सम्बन्धी महत्वपूर्ण अवधिमा रहेको छ। हामीले सुअवसरलाई चौतर्फी रुपमा छोपेर चुनौतीको उचित रुपमा सामना गर्नुपर्ने, श्रेष्ठता प्राप्त गर्नुपर्ने, भविष्य जित्नुपर्ने तथा सन् 2020 सम्ममा सम्पन्न समाजको चौतर्फी रुपमा निर्माण गर्ने महान लक्ष्यलाई साकार तुल्याउनुपर्ने छ।

           श्री हु चिन थाउले सम्पन्न समाजको चौतर्फी रुपमा निर्माण गर्नका लागि अरु ठूलो राजनीतिक आँट तथा विवेकमार्फत् महत्वपूर्ण क्षेत्रको सुधार समयमै गर्नुपर्ने छ भन्दै समयमै सम्पन्न समाजको निर्माण गर्ने सामाजिक जिम्मेवारी निकै अप्ठ्यारो भएको हुनाले चिनियाँ कम्युनिष्ट पार्टीका सम्पूर्ण सदस्यहरुले अथक प्रयास गर्नुपर्ने कुरा वताउनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह