फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हु चिन थाउद्वारा चिनियाँ विशेषतायुक्त समाजवादी मार्गमा लाग्नुपर्नेमा जोड

(GMT+08:00) 2012-11-08 12:36:04

           चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव हु चिन थाउले चिनियाँ कम्युनिष्ट पार्टीको अठारौ महाधिवेशनको प्रतिवेदनमा प्रस्तुत गर्नुभएअनुसार, चीनले चिनियाँ विशेषतायुक्त समाजवादी मार्गमा दृढताका साथ लाग्नुका साथै यसबाट चिनियाँ विशेषतायुक्त समाजवादमा नयाँ विजय हासिल गर्नेछ।

             श्री हु चिन थाउका अनुसार, चीन जस्तै अर्थतन्त्र तथा साँस्कृतिक रुपमा पिछडिएको एउटा मुलुकको पुन:उत्थान गर्ने मार्ग खोज्नु एउटा निकै गाह्रो जिम्मेवारी हो। वितेका नब्बे वर्षदेखि चिनियाँ कम्युनिष्ट पार्टीले मार्क्सवाद तथा चीनको वास्तविकतालाई जोडेर स्वतन्त्र रुपमा आफ्नै मार्गमा लागेर धेरै कठिनाईको सामना गरी क्रान्ति तथा निर्माणको महान विजय लक्ष्य प्राप्त गरेको छ। जसले जरैदेखि चिनियाँ जनता तथा चीन राष्ट्रको भविष्यलाई परिवर्तन गरेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह