फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हु चिन थाउद्वारा मानव जातिको शान्ति तथा विकासलाई अघि बढाउने महान कार्यलाई निरन्तर रुपमा अघि बढाइने कुरा व्यक्त

(GMT+08:00) 2012-11-08 12:36:37

             चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव श्री हु चिन थाउले चिनियाँ कम्युनिष्ट पार्टीको अठारौं महाधिवेशनको प्रतिवेदनमा प्रस्तुत गर्नुभएअनुसार, मानव जातिको शान्ति तथा विकासलाई अघि बढाउने महान कार्यलाई निरन्तर रुपमा अघि बढाइने छ।

             श्री हु चिन थाउका अनुसार, वर्तमान विश्वमा गहन तथा जटिल परिवर्तन हुँदै आएको छ। शान्ति तथा विकास यथावत रुपमा यस युगको मुख्य विषय रहेको छ। मानव जातिको एउटै मात्र पृथ्वी रहेको छ। विभिन्न मुलुकहरु एउटै संसारमा सहअस्तित्व गर्छन्। स्थायी शान्ति तथा सँयुक्त समृद्धि हुने मेलमिलापयुक्त संसारको निर्माण गर्नु विश्वका विभिन्न मुलुकका जनताको साझा अभिरुचि रहेको छ। चीनले शान्तिपूर्ण विकासको बाटोमा लागिरहने तथा स्वतन्त्र कूटनीतिलाई दृढताका साथ अवलम्बन गर्नेछ। चीनले शान्तिपूर्ण सह-अस्तित्वका पाँच सिद्धान्तका आधारमा विश्वका मुलुकहरुसँग मैत्री सहयोगको विकास गर्नेछ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह