फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्रिय प्रतिरक्षा र सेनाको आधुनिकीकरणलाई छिटो पार्ने: श्री हु चिन थाउ

(GMT+08:00) 2012-11-08 12:38:13

            चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव श्री हु चिन थाउले आज चिनियाँ कम्युनिष्ट पार्टीको अठारौँ राष्ट्रिय महाधिवेशनमा बोल्दै राष्ट्रिय प्रतिरक्षा र सेनाको आधुनिकीकरणलाई अझ छिटो पार्ने कुरा उल्लेख गर्नुभयो।

             प्रतिवेदनमा श्री हु चिन थाउले जोड दिँदै भन्नुभयो: अन्तर्राष्ट्रिय समाजमा चीनको स्थान अनुकूल रहेको, राष्ट्रिय प्रतिरक्षा र विकासको हितसँग मिल्ने सुदृढ राष्ट्रिय प्रतिरक्षा र सुदृढ सेनाको निर्माण गर्नु नै चीनको आधुनिकीकरण निर्माणको रणनीतिक कार्य हो। राष्ट्रिय केन्द्रीय प्रतिरक्षा मागको निर्देशनमा अडिग रहेर आर्थिक तथा राष्ट्रिय प्रतिरक्षा निर्माणबारे समन्वय गर्नुपर्छ। सन् 2020सम्म यान्त्रीकरण तथा सूचनाकरण निर्माण कार्यबाट ठूलो प्रगति हासिल हुने लक्ष्यलाई आधारभूत रुपमा व्यवहारमा उत्तार्न कोसिस गरिनेछ।

             साथै उहाँले भन्नुभयो: चीनले रक्षात्मक राष्ट्रिय प्रतिरक्षा नीति लागु गर्ने र राष्ट्रिय सुरक्षा निर्माण बढाउनुको लक्ष्य राष्ट्रिय सार्वभौमिकता, प्रतिरक्षा, प्रादेशिक अक्षुण्णता र राष्ट्रको शान्तिपूर्ण विकासलाई संरक्षण गर्नु हो। चीनको सेना विश्व शान्ति संरक्षण गर्ने सुदृढ शक्ति बनेको छ र विभिन्न मुलुकसँग सैनिक सहयोग र आपसी सैन्य विश्वासलाई निरन्तर रुपमा बढाएर क्षेत्रीय तथा अन्तर्राष्ट्रिय प्रतिरक्षा कार्यमा भाग लिएर अन्तर्राष्ट्रिय राजनीतिक र प्रतिरक्षा क्षेत्रमा सक्रिय भूमिका खेल्नेछ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह