फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

समाजवादी अर्थतन्त्र तथा आर्थिक विकासका उपायलाई द्रूत गतिले परिवर्तन गर्ने श्री हु चिन थाउको भनाइ

(GMT+08:00) 2012-11-08 12:41:32

             चिनियाँ कम्युनिष्ट पार्टीको अठारौं राष्ट्रिय महाधिवेशनमा चीनले समाजवादको अर्थ प्रणाली तथा आर्थिक विकासका उपायलाई द्रूत गतिले परिवर्तन गर्ने कुरा श्री हु चिन थाउले दोहोर्‍याउनुभएको छ।

             श्री हु चिंन थाउले आर्थिक विकास चीनको विकासमा सबैभन्दा महत्वपूर्ण कुरा मध्येको एक हो भन्नुभयो। उहाँले आधुनिकीकरण चीनका लागि प्राविधिक रुपमा विकासलाई कायम राख्ने धेरै महत्वपूर्ण विषय भएको बताउनुभयो ।

              चीनले प्राविधिक रुपमा विकासलाई कायम राख्नेमा श्री हु चिन थाउले पाँच वटा विषयलाई दोहोर्‍याउनुभएको छ। यी पाँच वटा विषयमध्ये पहिलो, आर्थिक प्रणालीको सुधारलाई चौतर्फी रुपमा गहिरो बनाउनुपर्छ। दोस्रो, सिर्जनामार्फत् विकासको वृद्धि प्रणालीलाई कार्यान्वयन गर्नुपर्छ। तेस्रो, आर्थिक प्रणालीको रणनैतिक रुपमा परिवर्तन गर्नुपर्छ। चौथो, शहर तथा ग्रामीण क्षेत्रको एकीकृत रुपमा विकासलाई अघि बढाउनुपर्छ। पाँचौं, खुलापन सम्बन्धी आर्थिक स्तरलाई चौतर्फी रुपमा बढाउनुपर्छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह