फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालस्थित विभिन्न मैत्री संस्थाका पदाधिकारीहरुले चिनियाँ कम्युनिष्ट पार्टीको 18औं राष्ट्रिय महाधिवेशनको पूर्ण सफलताका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ

(GMT+08:00) 2012-11-08 21:34:28

              आज नोभेम्वर 8 तारिखदेखि पैचिंगमा सुरु भएको चिनियाँ कम्युनिष्ट पार्टीको 18औं राष्ट्रिय महाधिवेशनको पूर्ण सफलताकालागि नेपालस्थित विभिन्न मैत्री संस्थाका पदाधिकारीहरुले सो शुभकामना व्यक्त गर्नुभएको हो । यसरी शुभकामना व्यक्त गर्ने मैत्री संस्थाका पदाधिकारीहरुमा नेपाल चाईना कल्चरल एण्ड एजुकेस्नल काउन्सीलका अध्यक्ष डाक्टर हरिश्चन्द्र शाह, वल्र्ड कल्चरल नेट तथा चाईना ईन्फरमेसन सेन्टरका अध्यक्ष दिपक सरकार, नेपाल चाईना फ्रेण्डसिप युथ एशोसिएशनका अध्यक्ष प्रकाशबाबु पौडेल, सी.आर.आई श्रोता क्लवहरुको राष्टि्रय परिषद् नेपालका अध्यक्ष रमेशकुमार भट्टराई र नेपाल चाईना भाषा तथा संस्कृति आदान प्रदान प्रतिष्ठानका निर्देशक लोकेन्द्र काफ्ले हुनुहुन्छ ।

               शुभकामना सन्देशमा वहाँहरुले नेपालको घनिष्ट मित्रराष्ट्र चीनको समृद्धि, विकास र निरन्तर प्रगतिकालागि चिनियाँ कम्युनिष्ट पार्टीको 18औं राष्ट्रिय महाधिवेशनको भूमिका अत्यन्त महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभएको छ । शुभकामनामा सन्देशमा नयाँ उत्साह, नयाँ जोश, जाँगर अनि नयाँ विचारबाट निर्वाचित हुनुहुने नयाँ नेतागणहरुको कुशल नेतृत्वमा चिनियाँ जनताको भविष्य अझ सुखद र फलदायी हुने विश्वास व्यक्त गरिएको छ । महाधिवेशन अवधिभर गरिने महत्वपूर्ण छलफलले पारित गर्ने दिर्घकालीन नीति अत्यन्त महत्वको हुने र त्यसले समग्र चीन तथा चिनियाँ जनताको मानविय हित तथा अर्थतन्त्रको विकासमा थप सहयोग पुर्याउँदै विकासको असमानता हटाउन अझ मद्दत पुग्ने विश्वास गरिएको छ । शुभकामनाको अन्त्यमा महाधिवेशन अवधिभर हुने महत्वपूर्ण छलफलका बारेमा नेपाली जनतालाई ताजा जानकारी दिन विगतमा जस्तै सी.आर.आई नेपाली विभाग सक्रिय रुपमा लागिरहने विश्वास समेत व्यक्त गरिएको छ ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह