फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आउने सातासम्ममा चीनको भविष्यबारे निर्णय हुने

(GMT+08:00) 2012-11-08 21:33:50

            अन्तर्राष्ट्रिय जनमतद्बारा अनुमान गरिएको "चीनको भविष्य निर्णय हुने " भन्ने साता आज सुरु भएको छ। चीनको सत्तारुढ पार्टी अर्थात् चिनियाँ कम्युनिष्ट पार्टीको अठारौं राष्ट्रिय महाधिवेशन पैचिङ्गमा सुरु भएको छ। हाल चीन सम्पन्न समाजको स्थापना गर्ने महत्वपूर्ण चरणमा प्रवेश गरेको छ। निरन्तर देखापरेको विभिन्न चुनौतिसमक्ष चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव हु चिन थाउले उक्त महाधिवेशनको उद्धाटनमा समारोहलाई सम्बोधन गर्दै चिनियाँ कम्युनिष्ट पार्टीले चीनको नेतृत्व गरी चिनियाँ विशेषतायुक्त समाजवादी बाटोमा अडिग रहने कुरामा स्पष्ट रुपमा जोड दिनुभयो।

             आज म चिनियाँ कम्युनिष्ट पार्टीको सत्रौं केन्द्रीय समितिको तर्फबाट प्रतिवेदन पेश गर्दैछु। सो प्रतिवेदन विभिन्न प्रतिनिधिलाई वितरण गरिएको छ। सबै प्रतिनिधिहरूले लेखाजोखा गर्नुहोस्। अब म उक्त प्रतिवेदनको सारा विषय उल्लेख नगरेर केन्द्रीयरुपमा महत्वपूर्ण भागबारे मात्र जानकारी दिनेछु।

             आठ तारिखको उद्धाटन समारोहमा राष्ट्राध्यक्ष हु चिन थाउले सामान्य मन्तव्यपछि उक्त प्रतिवेदन उल्लेख गर्न थाल्नुभएको छ। चीनको संविधानमा चिनियाँ कम्युनिष्ट पार्टीलाई सत्तारुढ पार्टीको स्थान निश्चित भएको छ। त्यसैले आठ तारिख सारा प्रतिनिधिहरूलाई लेखाजोखा गर्नका लागि बुझाएको उक्त प्रतिवेदनको मुख्य उद्देश्यहरुमध्येको एक चाहिँ भावी पाँच वर्ष अझसम्म यसभन्दा अझ लामो अवधिमा चिनियाँ कम्युनिष्ट पार्टीको शासन कार्यनीतिको योजना तयार गर्दै चीनको निर्माण तथा विकासमा लाग्नु हो।

             चिनियाँ कम्युनिष्ट पार्टीसामु परेको चुनौति निरन्तर बृद्धि भएको छ। अन्तर्राष्ट्रिय समाजले चीनले भावी विकसित बाटो कसरी छान्ने भन्ने कुरालाई महत्व दिएको बेलामा श्री हु चिन थाउले सर्वप्रथम प्रतिवेदनमा यस विषयसम्बन्धी स्पष्ट घोषणा गर्नुभएको छ। उक्त घोषणालाई चिनियाँ कम्युनिष्ट पार्टीको यस चोटिको महाधिवेशनको मुख्य विषयमा प्रतिविम्बित गराइएको छ। श्री हु चिन थाउले भन्नुभयोः

              महाधिवेशनको मुख्य विषय चाहिँ विशाल चीनको विशेषतायुक्त समाजबादी झण्डा उठाउंदै तङ्ग स्याउ फिङ्ग सिद्धान्त, "तीन वटा प्रतिनिधि"बारेको महत्वपूर्ण विचारधारा तथा बैज्ञानिक तवरद्बारा विकास गर्ने धारणाको निर्देशनमा विचारलाई मुक्त गर्ने, सुधार तथा खुलापन गर्ने, शक्तिलाई एकत्रित बनाउने तथा कठिनाइको सामना गर्ने छ भने चीनको विशेषतायुक्त समाजबादी बाटोमा दृढताका साथ लाग्ने र सम्पन्न समाजको सकारात्मकरुपमा निर्माण गर्नका लागि प्रयास गर्ने कुरा भन्ने हो।

              "दृढ"भन्ने शब्दले "चीनको विशेषतायुक्त समाजबादी बाटो"बारेको चिनियाँ कम्युनिष्ट पार्टीको अडिगता देखाउनुका साथै बाहिरी पक्षमा चिनियाँ कम्युनिष्ट पार्टीले विकसित बाटो कसरी छान्ने भन्ने विषयको उत्तर सार्वजनिक गरेको छ।

              सन् 1978 सुधार तथा खुलापन भएदेखि यत्ता चिनियाँ कम्युनिष्ट पार्टीले राष्ट्रको विकासलाई प्रबर्द्धन गर्ने कुरालाई शासन गर्ने प्रथम महत्वपूर्ण कार्यभार बनाउँदैआएको छ। यसको उद्देश्य के हो भने चीनको आधुनिकीकरणलाई साकार तुल्याउनुका साथै जनतालाई सम्पन्न गराउनु नैं हो। तीस वर्षभन्दा बढी समयको अवधिमा चिनियाँ कम्युनिष्ट पार्टीमा कसरी विकास गर्ने भन्नेबारे---एकपछि अर्को "विकास भनेको कडा सत्य हो"भन्ने "सकारात्मक, सामन्जस्य तथा दिगो विकास"तथा "वैज्ञानिक तवरमा विकास"को चरणमा बितेको छ। शब्दमा सूक्ष्म परिवर्तनबाट सत्तारुढ पार्टीमा विकासबारेको विषयको जानकारी निरन्तर बढी एवम् गहिरो भएको देखाइएको छ। अन्तिममा वर्तमान चिनियाँ कम्युनिष्ट पार्टीले नेतृत्व गरेको चीनको निर्माण तथा विकासको निर्देशनात्मक विचारधारा अर्थात् "बैज्ञानिक तवरमा विकास"भन्ने विचार सम्पन्न भएको छ। उक्त प्रतिवेदनमा श्री हु चिन थाउले फेरि एक पटक राष्ट्रिय निर्माणका क्रममा "वैज्ञानिक तवरमा विकास"भन्ने विचारको निर्देशन भूमिकामा जोड दिनुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह