फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विदेशी नेतागण, पार्टी र संगठनको शुभकामना

(GMT+08:00) 2012-11-08 21:35:00

            चिनियाँ कम्युनिष्ट पार्टीको 18औं राष्ट्रिय महाधिवेशन सुरु भएको उपलक्ष्यमा टेलिफोन तथा पत्रमार्फत पनि विदेशी नेतागण, पार्टी तथा संगठनहरूले हार्दिक शुभकामना व्यक्त गरेका छन्।

            नेपाल कम्युनिष्ट पार्टी-माओवादीका अध्यक्ष प्रचण्डले आफ्नो सन्देशमा चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा मैत्रिपूर्ण छिमेकी मुलुक चीनले आर्थिक विकासको क्षेत्रमा ठूलो उपलब्धि हासिल गर्नुका साथै राजनैतिक स्थीरतालाई कायम राखेको कुरालाई गौरवपूर्ण रुपमा लिएको व्यक्त गर्नुभएको छ। अध्यक्ष प्रचण्डले भन्नुभयोः पूरै विश्वले चिनियाँ कम्युनिष्ट पार्टीको 18औं राष्ट्रिय महाधिवेशनमा विशेष ध्यान दिइरहेको छ। किनकि चीनको विकास र परिवर्तन विश्वसँग घनिष्ट सम्बन्ध राख्छ। महाधिवेशनको उपलब्धिले चिनियाँ कम्युनिष्ट पार्टी र विश्वलाई गहिरो प्रभाव पार्ने विश्वास गरेका छौं। चीन र विश्वको शान्ति, स्थिरता र विकासका लागि चिनियाँ कम्युनिष्ट पार्टीले गरेको प्रयासलाई माओवादीले दृढताका साथ समर्थन दिएको बताउंदै अध्यक्ष प्रचण्डले दुई मुलुकका जनताका लागि अझै सुविधा र फाइदा दिनका लागि दुई पार्टीले सहयोगलाई निरन्तर रुपमा सबल पार्ने विश्वास गरेको पनि बताउनुभयो।

             नेपाली कम्युनिष्ट पार्टी-एमालेका अध्यक्ष झलनाथ खनालले आफ्नो शुभकामना सन्देशमा चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा चीनले ठूलो प्रगति हासिल गरेर विश्वमा दोस्रो ठूलो आर्थिक समूह भएको कुरा बताउनुभएको छ। उहाँले भन्नुभयोः श्री तङ्ग स्याउ फिङ्गद्बारा प्रस्तुत गरिएको आधारभूत कार्यनीतिको निर्देशनमा चीनले चिनियाँ विशेषतायुक्त समाजवादको सफलताका साथ निर्माण गरेको छ। हामीले चीनको सफलतालाई एशियाको सफलता भएको ठहर लिएका छौं। चीनको घनिष्ट छिमेकी भएको हैसियतमा हामीलाई विशेष गौरव लाग्छ। नेपालको विकास क्रममा चीनसँगको आर्थिक सहयोगमाथि महत्व दिएर दुई पार्टीबीच घनिष्ट सम्बन्ध कायम राखेको र दुई पार्टीको सम्बन्धलाई अझ बढी सबल पार्ने आशा गरेको पनि उक्त शुभकामना पत्रमा लेखिएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह