फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

उ पाङ कौ, च्या छिङ्ग लिन, ली छ्याङ्ग छ्वन, सी चिन फिङ्ग र ली ख छ्याङ्ग आदि नेताहरुद्वारा बेग्लाबेग्लै रुपमा प्रतिनिधि मण्डलमा सहभागी भएर छलफल

(GMT+08:00) 2012-11-09 17:54:06

         चिनियाँ कम्युनिष्ट पार्टीको 18औं राष्ट्रिय महाधिवेशन नोभेम्बर आठ तारिखका दिनदेखि पैचिङ्गको बृहत जन भवनमा चलिरहेको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका महासचिव हु चिन थाउले "चिनियाँ विशेषतायुक्त समाजवादी बाटोमा दृढताका साथ अघि बढ्दै , सम्पूर्ण सम्पन्न समाजको स्थापना गर्न प्रयासरत रहने"शीर्षक प्रतिवेदन सुनाउनुभयो। सोही दिउँसो उ पाङ कौ, वन च्या पाउ, च्या छिङ्ग लिन, ली छ्याङ्ग छ्वन, सी चिन फिङ्ग र ली ख छ्याङ्ग आदि नेताहरुले बेग्लाबेग्लै रुपमा प्रतिनिधि मण्डलमा भाग लिएर छलफल गर्नुभयो।

          उ पाङ कौले आन ह्वी प्रतिनिधि मण्डलको छलफलमा भाग लिँदै हु चिन थाउको महत्वपूर्ण प्रतिवेदनमा मार्क्सवादको अडान, ठहर र उपाय देखाइएको बताउनुभयो। उहाँले यो नै नयाँ ऐतिहासिक परिस्थितिमा चिनियाँ विशेषतायुक्त समाजवादको नयाँ विजय प्राप्त गर्नकोलागि राजनैतिक कार्यनीति हो र यो नै सम्पन्न समाजको चौतर्फी निर्माणको निर्देशकीय पनि भएको औँल्याउनुभयो।

           वन च्या पाउले थेन चिङ प्रतिनिधि मण्डलको छलफलमा भाग लिँदै श्री हुको प्रतिवेदन व्यवाहारिक आधारमा सैद्धान्तिक नविकरण देखाइएको र मूल स्थितिबाट रणनैतिक योजना गरिएको जोड दिनुभयो।

           च्या छिङ्ग लिनले पैचिङ्ग प्रतिनिधि मण्डलको छलफलमा भाग लिँदै विशाल चीनको विशेषतायुक्त समाजवादी झण्डा उठाउंदै तङ्ग स्याउ फिङ्ग सिद्धान्त, "तीन वटा प्रतिनिधि"बारेको महत्वपूर्ण विचारधारा तथा वैज्ञानिक तवरद्बारा विकास अवधारणाको निर्देशनमा चिनियाँ विषेशतायुक्त समाजवादी राजनैतिक विकास बाटोमा दृढताका साथ अगाडि आइरहेको कुरा व्यक्त गर्नुभयो।

           ली छ्याङ्ग छ्वनले स् छ्वान प्रतिनिधि मण्डलको वार्तामा भाग लिँदै चिनियाँ विशेषतायुक्त समाजवादी साँस्कृतिक विकासको बाटोमा अगाडि आएको, समाजवादी साँस्कृतिक विशाल मुलुकको निर्माण प्रयास गरेको, सम्पूर्ण सम्पन्न समाजको निर्माण र चिनियाँ प्रजातान्त्रिक महा पुनरारम्भलाई साकार तुल्याउने प्रक्रियामा समाजवादी साँस्कृतिक विकासलाई अगाडि सारेको कुरा बताउनुभयो।

          सी चिन फिङ्गले शाङ्ग हाई प्रतिनिधि मण्डलको वार्तामा भाग लिँदै चिनियाँ कम्युनिष्ट पार्टीको 18औं राष्ट्रिय महाधिवेशन नै सम्पूर्ण सम्पन्न समाजको स्थापना गर्ने चिनियाँ मार्गमा प्रवेश गर्ने निश्चित चरणमा सुरु भएको महत्वपूर्ण वार्ता हो भन्नुभयो।

          ली ख छ्याङ्गले शान तौङ्ग प्रतिनिधि मण्डलको वार्तामा भाग लिँदै हु चिन थाउको प्रतिवेदनले समष्टीगत रुपमा पार्टीको इच्छाशक्ति र जनताको आशा देखाएको कुरा बताउनुभयो।

           ह कौ छ्याङ्गले फू च्यान प्रतिनिधि मण्डलको वार्तामा भाग लिँदै विशाल चीनको विशेषतायुक्त समाजवादी झण्डा उठाउंदा चिनियाँ कम्युनिष्ट पार्टीको 18औं राष्ट्रिय महाधिवेशनमा गरेको विभिन्न बन्दोबस्तलाई सम्पूर्ण रुपमा व्यवहारमा उतारेको कुरा औँल्याउनुभयो।

           चौ यौङ्ग खाङले सिनच्याङ्ग युगुर जातीय स्वायत्त प्रदेशको वार्तामा भाग लिँदै हु चिन थाउको प्रतिवेदनले पार्टी र मुलुकसम्बन्धी कार्यको विकासको श्रृंखला महत्वपूर्ण सिद्धान्त र वास्तविकताको गहन रुपमा जानकारी दिएको छ । साथै उहाँले त्यो प्रतिवेदन नै चिनियाँ विशेषतायुक्त समाजवादी बाटोमा पार्टी दृढताका साथ अगाडि आएको विषयमा राजनैतिक घोषणा भएको बताउनुभयो ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह