फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनले निर्धारित समयअनुसार सम्पन्न समाजको निर्माण चौतर्फी रुपमा पूरा गर्ने कुराबाट विश्वमा धेरै सकारात्मक प्रभाव पर्ने

(GMT+08:00) 2012-11-10 17:48:27

          चिनियाँ कम्युनिष्ट पार्टीको अठारौँ राष्ट्रिय महाधिवेशनमा सन् 2020सम्म सम्पन्न समाजको निर्माण चौतर्फी रुपमा पूरा हुने लक्ष्य प्रस्तुत गरिएको छ। यस पटकको अधिवेशनको महत्वपूर्ण फाइदा आगामी आठ वर्षमा विभिन्न कदम व्यवहारमा उतारिने साथसाथै विश्वमा यस पटकको अधिवेशनबाट धेरै प्रभाव पर्ने ठहर धेरै मानिसहरुले लिएका छन्।

           चिनियाँ कम्युनिष्ट पार्टीको इच्छाअनुसार, चीनले सन् 2020मा कूल गार्हस्थ उत्पादन र शहर तथा ग्रामीण क्षेत्रका वासिन्दाका लागि प्रतिव्यक्ति सरदर आम्दानी सन् 2010भन्दा दोब्बर बनाउने लक्ष्य साकार तुल्याउने छ। चीनको आर्थिक विकास पद्धति परिमार्जन गर्ने, विकासको सन्तुलन, समन्वय र निरन्तरता स्पष्ट रुपमा देखिनेछ। विश्वको दृष्टिकोणबाट हेर्दा चीन एक अझै ठूलो बजार बन्नेछ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह