फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ कम्युनिष्ट पार्टीको आफ्नो व्यवस्थापनबारे एक चर्चा

(GMT+08:00) 2012-11-10 18:28:46

          चिनियाँ कम्युनिष्ट पार्टीको अठारौं महाधिवेशन हाल पैचिङमा आयोजना भइरहेको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव हु चिन थाउले कम्युनिष्ट पार्टीका सम्पूर्ण प्रतिनिधिसित सम्बन्धित प्रतिवेदनको मूल्याङकन प्रस्तुत गर्दै पार्टीको भित्री निर्माणलाई कसरी सबल पारेको भन्नेबारे एक विशेष बुँदामार्फत प्रकाश पार्नुभएको छ। यस प्रतिवेदनमा व्यवस्थापन निर्माणबारे"सम्पूर्ण पार्टीको भित्री प्रजातान्त्रिक व्यवस्थालाई पूर्णता दिलाउनु","प्रतिनिधि महाधिवेशन व्यवस्थालाई पूर्णता दिलाउनु","पार्टीको भित्री निर्वाचन व्यवस्थामा पूर्णता दिलाउनु"भन्ने विषयहरु धेरै पटकको भनिएका छन्। चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिअन्तर्गत संयोजन विभागका उपप्रमुख वाङ्ग चिङ छिङले हालै बोल्दै चिनियाँ कम्युनिष्ट पार्टीले आफ्नो व्यवस्थापन निर्माणलाई अघि बढाएर विभिन्न क्षेत्रबाट पार्टीको वैज्ञानिक स्तरलाई माथि उकास्ने बताउनुभएको छ।

          हाल चिनियाँ कम्युनिष्ट पार्टीका लगभग आठ करोडभन्दा बढी सदस्य रहेका छन् भने विश्वमा सबैभन्दा ठूलो सत्तारुढ पार्टी र चीन निर्माणको महाकार्यलाई बढाउने केन्द्रीय शक्ति हो। यसबारेमा श्री वाङको विचारमा चिनियाँ कम्युनिष्ट पार्टीका सामु धेरै चुनौति देखापरेका छन्। उनले भने:

          नयाँ परिस्थितिमा सत्ता,सुधार तथा खुलापन,बजारमुलक अर्थतन्त्र,बैदेशिक वातावरणबाट आएको धेरैजसो चुनौति रहेका छन्। क्रमशः सत्ताको क्षमता र नेतृत्व स्तरलाई माथि उकास्नुपर्छ। त्यसैले हामीले आफ्नो पार्टी निर्माणको वैज्ञानिक स्तरलाई अघि बढाउनुपर्छ।

         यस अठारौं महाधिवेशनको प्रतिवेदनबाट हेर्दा पार्टीको व्यवस्थाको निर्माणलाई अघि बढाउनु नै चिनियाँ कम्युनिष्ट पार्टीले चुनौतीको सामना गरेकोमा प्रमुख बिन्दू हो। यस प्रतिवेदनमा धेरै पटक गरी भनिएको व्यवस्थाको निर्माण भन्ने विषयमा अधिकृत र कार्यकर्तासम्बन्धी व्यवस्थाको सुधारलाई गहन पार्नु एक उज्यालो विन्दू हो। श्री वाङबाट जानकारी भएअनुसार चिनियाँ कम्युनिष्ट पार्टीले राम्रो नैतिकता भएका र क्षमतावान व्यक्ति प्रयोग गर्ने नीति कार्यम राख्दै अपेक्षाकृत असल र स्थिर अधिकृत र कार्यकर्तासम्बन्धी व्यवस्था निर्धारित गरिने छ। यसबारे उनले भने:

         अठारौं महाधिवेशनको आग्रह र हाम्रो सुधारको उद्देश्यबमोजिम सन्2020सम्म अधिकृत कार्यमा अधिकृतको निर्वाचन र नियुक्ति प्रणाली,उच्च गुणस्तरको सत्तारुढ टोली,अधिकृतको मूल्याङ्कन,अधिकृतको व्यवस्थापन तथा अनुगमन र अधिकृतको प्रेरित तथा प्रत्याभूति यी चार ठूलो प्रणाली स्थापना गरिने छन्।

          श्री वाङ चिङ छिङले चिनियाँ कम्युनिष्ट पार्टीको आफ्नो निर्माणलाई सवल पारकोमा सर्वसाधारणबाट गठित आधारको महत्वलाई निकै जोड दिनुभएको छ। उहाँको विचारमा जनतालाई आधारको रुपमा लिई जनताका लागि प्रयास गर्दै सर्वसाधारणसँग घनिष्ट सम्पर्क गर्ने नीति कायम राख्नु नै चिनियाँ कम्युनिष्ट पार्टीको सबैभन्दा राजनैतिक श्रेष्ठता हो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह