फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको परराष्ट्रद्बारा सहयोग र साझा समृद्धिलाई कायम राखिने

(GMT+08:00) 2012-11-12 18:38:50
    चिनियाँ कम्युनिष्ट पार्टीको अठारौं महाधिवेशन हाल पैचिङ्गमा भइरहेको छ। महाधिवेशनसमक्ष पेश गरिएको प्रतिवेदनमा सत्तारुढ चिनियाँ कम्युनिष्ट पार्टीले भावी चीनको आन्तरिक र परराष्ट्र कार्यनीतिलाई प्रकाश पारेको छ। मैत्रीपूर्ण मुलुक बीचमा दीर्घकालीन, स्थिर र स्वस्थ रुपमा विकास हुने नयाँ ढाँचाको सम्बन्ध स्थापना गर्दैलाने र आफ्नो मातृभूमिको अझै राम्रो विकासबाट वरिपरिका छिमेकीलाई लाभान्वित बनाउन कोशिश गर्ने विषयहरू त्यस प्रतिवेदनमा उल्लेख गरिएको छ।

    एक अर्ब तीस करोड जनसङख्या बोकेको, फराकिलो क्षेत्रफल र द्रुत गतिले विकसित भइरहेको ठूलो मुलुक चीन माथि शंकास्पद तथा अविश्वासको आवाज कहिल्यै पनि बन्द भएको छैन। त्यसकारण अठारौं महाधिवेशनको प्रतिवेदनमा "चीनले निरन्तर रुपमा शान्ति, विकास, सहयोग र साझा समृद्धि हुने झण्डा उठाउँदैजाने"कुरा स्पष्टसँग फेरि एक पल्ट ब्याख्या गरिएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह