फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ जनजीवनका क्षेत्रमा दश वर्षयता धेरै ठूलो सफलता प्राप्त

(GMT+08:00) 2012-11-13 10:06:01

     चीनका विभिन्न मन्त्रालयका अधिकारीहरुले बाह्र तारिखका दिन जनजीवन सम्बन्धी विभिन्न देशका संचारमाध्यमका सम्बाददाताहरुसँग अन्तर्वार्ता दिनुभएको छ।

     चिकित्सा तथा स्वास्थ्य प्रणाली सुधारबारे चिनियाँ राष्ट्रिय विकास तथा सुधार समितिका उपप्रमुख चु च सिङले हालै एक अर्ब तीस करोड भन्दा बढी चिनियाँहरु चिकित्सा सम्बन्धी विमा रहेको छ,भन्दै लगभग चीनका 95 प्रतिशत भन्दा बढी जनताहरुसँग चिकित्सा सम्बन्धी विमा रहेको जानकारी दिनुभयो । यद्यपि चिकित्सा सम्बन्धी क्षेत्रमा केही समस्या रहेको बताउँदै उहाँले आगामी दिनमा चीनले ती समस्याको समाधान गर्ने कुरा पनि बताउनुभयो।

     रोजगारी सम्बन्धी क्षेत्रमा व्यक्ति ऊर्जा श्रोत तथा समाजका लागि प्रत्याभूति उप मन्त्री याङ च मिङले चीनले केहि कदम चालेपछि रोजगारी सम्बन्धी परिस्थितिमा स्थिरता रहेको बताउनुभयो । उहाँले हालै आर्थिक वृद्धिदर अलिअलि कम रहेको बताउनुभयो । त्यसैले झन् राम्रो रोजगारी दरको प्रत्याभूति दिनका लागि चीनले झन् बढी कदम चाल्ने कुरा पनि उहाँले बताउनुभयो। वस्तु क्षेत्रसम्बन्धी अधिकारीले चीन सरकारले झन् बढी प्रत्याभूति सम्बन्धी वस्तुको उत्पादन गर्ने कुरा बताउनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह