फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ कम्युनिष्ट पार्टीद्बारा बडापत्र संशोधन

(GMT+08:00) 2012-11-14 18:59:09

           चिनियाँ कम्युनिष्ट पार्टीको अठारौं महाधिवेशन चौध तारिख पेइचिङ्गमा सम्पन्न भएको छ। चिनियाँ कम्युनिष्ट पार्टीले आफ्नो सत्तारुढ कार्यनीति अर्थात् पार्टी बडापत्रलाई अठारौं पटक संशोधन गरेको छ भने बैज्ञानिक विकास भन्ने धारणालाई पार्टीको मुख्य नारा तथा लक्ष्यको रुपमा तोकेको छ। पार्टी बडापत्र संशोधन अठारौं महाधविशेन प्रतिवेदनद्बारा प्रस्तुत"राष्ट्रिय जनताको आम्दानी बढाउनु"आदि खास उद्देश्यभन्दा अमूर्त नभएको र वास्तवमा एक अर्ब तीस करोड चिनियाँ जनताको आशा र युगको विकाससित अनुकूल रहने आग्रह हुन्।

           नभेम्बरको पेइचिङ्गमा सूर्यको न्यानो र उज्ज्यालो किरण छ। भव्य जन बृहत्त सभाभवनमा चिनियाँ कम्युनिष्ट पार्टीको अठारौं महाधिवेशनले पार्टी बडापत्रको संशोधन पार गर्दै बैज्ञानिक विकास र माक्सबाद-लेनीनबाद,माउ च तुङ्ग विचार,तङ्ग स्याउ फिङ्ग सिद्धान्त,तीन वटा प्रतिनिधि भन्ने महत्वपूर्ण विचारसँगसँगै मिलेर चिनियाँ कम्युनिष्ट पार्टीको निर्देशिका जारी गरेको छ।

           पार्टी बडापत्र सत्तारुढ पार्टीको आभारभूत कानून हो भने पार्टीको भित्री संविधान भनिएको छ। साथै निर्देशिका सत्तारुढ पार्टीद्बारा निर्धारित उद्देश्य,नीति,खास कार्यको निर्देशनको केन्द्रीय विचार र धारणा हो।

           बैज्ञानिक विकास भन्ने धारणाको केन्द्रीय विचार जनतालाई आधारको रुपमा लिनु हो। चीनको अर्थतन्त्र द्रुत गतिले विकसित हुनुका साथसाथै यस विशाल जनसंख्याको मुलुकले आधारभूत रुपमा खानेलाउने समस्याको समाधान गरेको थियो। वास्तविक सामान माँगबाहेक चिनियाँ जनताले अझ बढी भावनाको आग्रह खोज्दै आएको देखिन्छ।

            सर्वसाधारणको आशा र वास्तविक प्रतिक्षाबाट युगको परिवर्तन अभिव्यक्त भएको छ। सत्तारुढ पार्टीको हैसियतले चिनियाँ कम्युनिष्ट पार्टीले बडापत्रको संशोधनमार्फत वैज्ञानिक विकास भन्ने धारणालाई आफ्नो मुख्य लक्ष्य बनाएको छ। यसप्रति चिनियाँ विद्बान छाइ जि छ्याङ्गको विचारमा यस निर्णय चिनियाँ कम्युनिष्ट पार्टीले धारणालाई नविकरण गर्ने महत्वपूर्ण उपलब्धि मात्र नभइ चिनियाँ जनताले चौतर्फी रुपमा सम्पन्न समाजलाई पूर्णता दिलाउने महत्वपूर्ण अवधिमा एक महत्वपूर्ण कार्यनीति हो। उनले भने:

            बैज्ञानिक विकास भन्ने धारणालाई पार्टीको निर्देशिकाको रुपमा लिनु चिनियाँ जनतासँग घनिष्ट सम्बन्ध रहेको छ। सत्तारुढ पार्टीको हैसियतले चिनियाँ कम्युनिष्ट पार्टीको उर्जास्रोतको विभाजन गर्ने उच्च अधिकार रहेको छ। पार्टीले उच्च परिमाणमा जनताको हितलाई जोड दिनुबाट सत्तारुढ पार्टीको आधारभूत उद्देश्य अभिव्यक्त भएको छ। सत्तारुढ पार्टीको उद्देश्य जनताको प्रतिक्षा हो।

            यस अठारौं महाधिवेशनद्बारा पारित चिनियाँ कम्युनिष्ट पार्टीको संशोधित बडापत्रमा पर्यावरणीय सभ्यतालाई पहिलो पटक बडापत्रमा राखिएको छ। पर्यावरणीय सभ्यताको निर्माणले अर्थतन्त्र,राजनीति,संस्कृति,समाजका निर्माणसँग मिलन हुने छ। यसप्रति नेता हु चिन थाउले अठारौं महाधिवेशन प्रतिवेदनमा गम्भीर रुपमा भन्नुभयो:

            पर्यावरणीय सभ्यताको निर्माण जनताको मिठो जीवन,जातिको भविष्यसित घनिष्ट सम्बन्ध हुने दीर्घकालीन योजना हो। पर्यावरणीय सभ्यताको निर्माणलाई स्पष्ट स्थानमा राख्नुपर्छ। चिनियाँ जनताको दीर्घकालीन विकास र एक सुन्दर चीनको निर्माणका लागि प्रयास हुनुपर्छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह