फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विदेशी गण्यमान्य व्यक्ति, विद्बान र सञ्चार माध्यमबाट चिनियाँ कम्युनिष्ट पार्टीको 18औं राष्ट्रिय महाधिवेशनप्रति ध्यानाकर्षण

(GMT+08:00) 2012-11-14 16:36:19

          चिनियाँ कम्युनिष्ट पार्टीको 18औं राष्ट्रिय महाधिवेशन नोभेम्बर 14 तारिखका दिन सम्पन्न भएको छ। केही दिनमा विदेशी गण्यमान्य व्यक्ति, विद्बान र सञ्चार माध्यमहरुले ले उक्त महाधिवेशनप्रति आ आफ्नो नजर पुर्‍याएका छन्।

          भारतीय नेहरु विश्वविद्यालयअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध अनुसन्धान विद्यालयस्थित चीन मामिला अनुसन्धान केन्द्रका प्रमुख तथा प्राध्यापक अल्का आचार्यले व्यापारिक सहयोगका क्षेत्रमा चीन र भारतसँग व्यापक भविष्य भएकाले यसतर्फ घच्घच्याउनका लागि ठोस नीति प्रस्तुत गर्नुपर्ने कुरा बताउनुभएको छ। त्यसैले नयाँ नेतागणले चीन र भारतको आर्थिक तथा व्यापारिक सहयोगलाई अगाडि बढाउनसक्ने प्रतीक्षामा आफू रहेको उहाँले बताउनुभएको छ।

          त्यस्तै प्यालेष्टाइन राष्ट्रिय मुक्ति आन्दोलन फतहको केन्द्रिय समितिका सदस्य एवम् प्यालेष्टाइन तथा अरबेली मुलुक र चीनको सम्बन्धसम्बन्धी मन्त्री अवास चाचिले पनि टेलिफोनद्बारा सि.आर.आइका सम्वाददातालाई दिनुभएको अन्तर्वार्तामा महधिवेशनपछि चीनसँगको सम्बन्ध अझ व्यापक रुपमा विकसित हुने विश्वास व्यक्त गर्नुभएको छ।

           क्यूबा कम्युनिष्ट पार्टीको अखवार "अल डियार"का अनुसार, चिनियाँ कम्युनिष्ट पार्टीका नयाँ नेतागणले चीनको राजनैतिक तथा आर्थिक विकासको जिम्मेवारी वहन गरेका छन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह