फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अठारौं महाधिवेशनको प्रभाव गहन हुने अन्तर्राष्ट्रिय समाज ठहर

(GMT+08:00) 2012-11-14 19:06:12

         चिनियाँ कम्युनिष्ट पार्टीको अठारौं महाधविशेन आज चौध तारिख सफलताका साथ सम्पन्न भयो। केही दिनयता अन्तर्राष्ट्रिय समाजले यस ऐतिहासिक सम्मेलनमा उच्च नजर पुर्‍याएको छ भने सक्रिय मूल्याकङ्न गर्दै अठारौं महाधिवेशनद्बारा निर्धारित विभिन्न महत्वपूर्ण नीति चीनको भविष्यको विकासका लागि दिशा प्रदान गर्ने र विश्वशान्ति र विकासमा पनि महत्वपूर्ण प्रभाव पार्ने ठहर लिएको छ।

          श्रीलंका-चीन मैत्री समितिका महासचिव दावदर्नाले बोल्दै विश्व अर्थतन्त्र र राजनैतिक परिस्थिति जटिल भएको अवस्थामा आयोजित अठारौं महाधिवेशनको सफल संयोजन चीनको सामाजिक र आर्थिक विकासका लागि आधार मात्र नभई क्षेत्रीय तथा विश्वको स्थिरता र विकासका लागि समेत योगदान रहेको बताउनुभएको छ।

         पाकिस्तानको मुस्लिम लिगका नेता चौधरीले सिन्ह्वा समाचार समितिका पत्रकारलाई अन्तर्वार्ता दिँदै चिनियाँ कम्युनिष्ट पार्टीको अठारौं महाधिवेशनद्बारा निर्धारित कूटनीतिले चीन र विभिन्न मुलुकबीचको सहयोगात्मक सम्बन्धलाई अघि बढाउने कुरा बताउनुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह