फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ कम्युनिष्ट पार्टीको 18औं राष्ट्रिय महाधिवेशन सम्पन्न-2

(GMT+08:00) 2012-11-14 20:53:18

           चिनियाँ कम्युनिष्ट पार्टीको 18औं राष्ट्रिय महाधिवेशन 14 तारिख पेइचिंगमा सम्पन्न भएको छ।

           सोहि दिन विहान नौ बजेदेखि समापन समारोह सुरु भयो। श्री हु चिन थाउले समापन समारोहको अध्याक्षता गर्नुका साथै सम्बोधन गर्नुभएको छ। मुख्य पर्यवेक्षक र अरु पर्यवेक्षकको निगरानीमा उपस्थित भएका दुई हजार तीन सय सात जना प्रतिनिधिहरुले गोप्य मतदानको तरिकाद्बारा निर्वाचनमा 18औं केन्द्रिय समितिको चयन गरेका छन्। नयाँ केन्द्रिय समिति दुई सय पाँच जना सदस्य, एक सय 71 जना वैकल्पिक सदस्यद्बारा गठित भएको छ। साथै महाधिवेशनले निर्वाचनमा 18औं केन्द्रिय अनुशासन-निरीक्षण समितिका एक सय तीस जना सदस्यको नियुक्ति गरेको छ।

            महाधिवेशनले 17औं केन्द्रिय समितिद्बारा प्रस्तुत गरिएको निर्णय-पत्र पारित गर्नुका साथै 17औं केन्द्रिय समितिको प्रतिनिधित्वमा श्री हु चिन थाउद्बारा पेश गरिएको कार्य-प्रतिवेदनलाई पारित गरेको छ।

           महाधिवेशनले केन्द्रिय अनुशासन-निरीक्षण समितिको कार्य-प्रतिवेदनसम्बन्धी निर्णय-पत्र र "चिनियाँ कम्युनिष्ट पार्टीको विधान (संशोधन)" सम्बन्धी निर्णय-पत्र पारित गरेर पारित भएको दिनदेखि नै संशोधित विधान लागू हुने निर्णय गरेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह