फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

यस हिउँदमा दक्षिण एशियामा निकै चिसो मौसम देखापरेको

(GMT+08:00) 2013-01-11 11:24:30

          चीनको मौसम ब्युरोले जनाएअनुसार, सन् 2012को नोभेम्बरदेखि यता सारा देशको औसत तापक्रम माइनस तीन दशमलब आठ डिग्री रहेको छ। त्यो तापक्रम बितेका वर्षका सोही अवधिको तापक्रम अर्थात् माइनस दुइ दशमलब पाँच डिग्रीको तुलनामा अझ एक दशमलब तीन डिग्री कम छ। त्यसैले यस हिउँद ऋतुको तापक्रम बितेका अठाइस वर्षयताको सबैभन्दा कम तापक्रम पनि हो।

          चीनबाहेक उष्ण कटिबन्ध र उपोष्ण कटिबन्धमा रहेका दक्षिण एशियाली क्षेत्रहरूमा पनि यस हिउँद ऋतुमा निकै चिसो मौसम देखापरेको छ। हाल दक्षिण एशियाका विभिन्न मुलुकका सरकारले शीतलहर प्रतिरोधात्मक बाक्ला सिरक र दाउरा आदि सामग्री वितरण गरेका छन्। केही क्षेत्रका शिक्षा विभागले पनि मौसमबमोजिम केही समय विद्यालय बन्द गर्ने सूचना पनि दिएका छन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह