फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ दुई महाधिवेशनप्रति अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको चासो बढ्ने

(GMT+08:00) 2013-02-27 18:39:08

           वार्षिक दुई वटा महाधिवेशन चिनियाँ राजनीतिक जीवनको महत्वपूर्ण गतिविधि हो। साथै चीन तथा विदेशी सञ्चारमाध्यमहरुले समयमै तथा निष्पक्ष रुपमा चीनको सामाजिक विकास अवस्था तथा चीनमा सार्वजनिक हुन लागेका महत्वपूर्ण नीति सूचनाबारे बुझ्न पाउने आँखीझ्याल पनि हो। नेता दल परिवर्तन भएको वर्षको रुपमा रहेको सन् 2013 मा परिवर्तन र सुधार हुनेछ। चीनले निर्वाचित नयाँ सरकारका नेता सदस्य नियुक्त गर्नेछ साथै चीनको आर्थिक ढाँचामा फेरबदल, सरकारी एकाइमा सुधार, आयव्यय तथा वितरण प्रणालीमा सुधार गर्ने यही मौकामा चीनको नयाँ सरकारले विश्वको अर्थतन्त्रमा पुनरुत्थान ल्याउन फाइदाजनक महत्वपूर्ण नीति सार्वजनिक गर्नेबारे विश्वसमुदाय आशावादी बनेको छ। त्यसैले पहिलाको भन्दा सन् 2013को दुई वटा महाधिवेशनले अझ बढी विदेशी ध्यानाकर्षण गर्ने निश्चित छ।

           बी बी सी चिनियाँ भाषा च्यानलका महानिरीक्षक लि वनका अनुसार, विदेशी सञ्चारमाध्यमको रुपमा रहेको बीबीसीले चीन सरकारका नेताहरुको परिवर्तनलाई सबैभन्दा बढी ध्यान दिएको छ। बाहिरी दुनियाले यो नेतृत्व व्यवस्थापनबाट भावी चीनको विकासको दिशाबारे थाहा पाउँछ।–

           चिनियाँ नेतृत्वको परिवर्तनले चीनको कूटनीतिक नीतिमाथि ठूलो परिमाणमा प्रभाव पार्नेछ। विभिन्न पक्षबाट हेर्दा अहिले अन्तर्राष्ट्रिय समुदायमा चीन धेरै प्रभावशाली हुँदै गएको छ। त्यसैले अन्तर्राष्ट्रिय समुदायले पनि अन्तर्राष्ट्रिय मञ्चमा चीनको कार्यक्रममाथि अवश्य नै ध्यान दिन्छ। साथै लि वनले श्री सि चिन फिङको नेतृत्वमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको नयाँ नेतृत्व नियुक्त भएयता भ्रष्टाचार विरोध, ऐनबमोजिम मुलुक व्यवस्थापन, ऐनको निष्पक्षता आदि क्षेत्रमा विदेशीसञ्चारमाध्यमको व्यापक ध्यान तानेको कुरा व्यक्त गर्नुभयो। यसै वर्षका दुई वटा महाधिवेशनमा नयाँ सरकारले त्यससम्बन्धी अझै ठोस कदम सार्वजनिक गर्ने कि नगर्ने भन्ने विषय बीबीसीको अपेक्षामा रहेको कुरा पनि उहाँले जानकारी दिनुभयो।

           राजनीतिक विषयबाहेक वातावरण संरक्षणको विषयलाई पनि बीबीसीले महत्व दिएको छ। लि वनको विचारमा, चीनको नयाँ सरकारले के कस्तो कदम चालेर वातावरण समस्याको समाधान गर्नेछ त्यसबाट भविष्यमा विश्वको वातावरणमाथि पनि प्रभाव पारिनेछ।–

           चीनको वातावरण संरक्षण विषय विशेष गरी केही समययता कुहिरो तथा तुवाँलो, माटोको गुणस्तरलगायत विषय चर्चित कुरा बनेको छ। किनभने वातावरण प्रदूषण समस्याले हाल चीन आफूलाई मात्रै प्रभाव पारेको नभई सारा विश्वलाई नै प्रभावित पारेको छ। त्यसैले धेरैले चीनको नयाँ सरकारले वातावरण संरक्षणका लागि के कस्तो कदम चाल्नेछ तथा कति प्रभावकारी उपलब्धी हासिल हुनेछ भन्ने विषयमा ध्यान दिएको छ।

           वातावरण संरक्षणको मुद्धालाई हङ्गकङ्गका सञ्चारमाध्यमले पनि ध्यान दिएको विषय हो। हङ्गकङ्ग "वन ह्वी अखवार"का उप-सम्पादक यीन शु क्वाङका अनुसार, सुधार तथा खुलापन नीति लागू भएको तीस वर्षभन्दा बढी भैसक्दा चीनले ठूलो आर्थिक उपलब्धि हासिल गरेता पनि वातावरण प्रदूषण रोक्नु चीनसमक्ष देखापरेको अर्को एउटा अत्यावश्यक समाधान गर्नुपर्ने समस्या बनेको छ। त्यसैले "वन ह्वी अखवार"ले वातावरण संरक्षणलाई बढाउने, प्रदूषणको सुधार गर्ने आदि विषयबारे मुख्यतः रिपोर्ट प्रस्तुत गर्नेछ।

           आर्थिक विषयमा पनि सञ्चारमाध्यमहरुको ध्यान तानिनेछ। विशेष गरी हाल विश्व अर्थतन्त्र अझै नराम्रो भएकोले विश्वको दोस्रो ठूलो आर्थिक शक्तिको रुपमा रहेको चीनको आर्थिक ढाँचा र आगामी आर्थिक विकास नीतिले विश्वको अर्थतन्त्रलाई के कस्तो टेवा पुर्‍याउनेछ भन्नेमा विश्वसमुदायको ध्यान खिचिरहेको छ। हङ्गकङ्ग फोनिक्स टेलिभिजनका टिप्पणीकार तु फिङका अनुसार, कसरी आन्तरिक मागलाई बढाएर पहिलाको आर्थिक वृद्धि प्रणाली र निर्यात अर्थतन्त्रमाथि रहेको निर्भरतालाई परिवर्तन गर्ने विषयबारे उनीहरुले मुख्यतः रिपोर्ट गर्नेछन्।–

           आगामी महाधिवेशनको विषय हामीले पनि चासो दिएको विषय हो । जस्तो भनौँ, चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिले प्रस्तुत गरेको आठ नियम, बैठकको शैली, परिपाटीमा रुपान्तरण, जस्ता विषयलाई दुई वटा महाधिवेशनमा व्यवहारमा उतार्न सक्छ कि सक्दैन? भन्ने विषयमा धेरै सञ्चारमाध्यमले ध्यान दिनेछन्, त्यसबाट नयाँ सरकारसम्बन्धी सञ्चारमाध्यमको मुख्य प्रभावकारी विषय हुनेछ। यसै वर्ष हुने दुई वटा महाधिवेशनको तरीका, विषय, शैली पहिलाभन्दा फरक हुनेमा म विश्वस्त छु।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह