फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका दुईटा महाधिवेशनअघि जनताको दैनिक जीवनसँग सम्बन्धित विषयमा चासो

(GMT+08:00) 2013-02-28 17:13:02

            आउने मार्च महिनामा चीनमा चिनियाँ राष्ट्रिय जन काँग्रेसको स्थायी समिति तथा चीनको जन राजनैतिक परामर्शदात्री सम्मेलनको वार्षिक महाधिवेशनको आयोजना हुने भएको छ। यसअघि चिनियाँ समाजका विभिन्न पक्षले ती दुईटा महाधिवेशनमा अझ ठूलो ध्यान पुर्‍याउँदै आएका छन्। ती दुईटा महाधिवेशन देशको वृहत् मामिला मात्र नभई हरेक चिनियाँ सर्वसधारणको हितसँग पनि घनिष्ट रुपले सम्बन्धित छ। विभिन्न क्षेत्र, व्यवसायको आ-आफ्नो ध्यानाकर्षण भएतापनि दुईटा महाधिवेशनबाट सर्वसाधारणको जीवनमा सुधार ल्याउने साझा अपेक्षा भने सबैको रहेको छ।

           बितेका दुई वर्षमा चीन सरकारले घरजग्गा सम्बन्धी रियल इस्टेटको नियन्त्रण गर्ने कदमहरु चालेको छ। तापनि बजारमा घरको उच्च भाउबाट सर्वसधारणलाई काँधमा भारी बोकेको जस्तो महसुस हुने गरेको छ। शहरी बासिन्दाहरुले घरको भाउलाई उचित परिधिमा फर्काउने आशा व्यक्त गरेका छन्।

          महंगो भाडा तथा बढ्दै आएको सामानको मूल्यवृद्धि नियन्त्रण हुने गाउँबाट शहर पसेका श्रमिक किसानहरुको चाहना हो।

          छोराछोरीको स्वास्थ्यको लागि खाद्यान्नको सुरक्षाको प्रवर्द्धन गर्न महाधिवेशनमा सहभागी प्रतिनिधिहरुले अझ बढी राय सुझाव प्रस्तुत गर्ने आफ्नो अपेक्षा रहेको अभिभावकहरुले बताएका छन्।

           साथै सरकारले वायुको गुणस्तरलाई सुधार गर्ने आशा पनि व्यक्त गरिएको छ।

           ग्रामीण क्षेत्रमा बस्ने किसानहरुले कृषि बिमा अवस्थालाई सुधार गर्दै यस बिमाद्वारा समेटिने क्षेत्रलाई विस्तृत पार्ने आशा व्यक्त गरेका छन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह