फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको नयाँ खेपको सर्वोच्च राष्ट्रिय आधिकारिक संस्थाको पहिलो सम्मेलन सुरु

(GMT+08:00) 2013-03-05 16:31:25

           आज पाँच तारिख चीनको नयाँ खेपको सर्वोच्च राष्ट्रिय आधिकारिक संस्थाको पहिलो सम्मेलन सुरु भयो। यस सम्मेलनमा चीनका प्रधानमन्त्री वन च्या पाउले चालु खेपको सरकारको तर्फबाट आफ्नो कार्यावधिको अन्तिम प्रतिवेदन सार्वजनिक गर्दै बितेका पाँच वर्षको कामको निचोड निकालेर यस वर्षको आर्थिक सामाजिक विकासको समष्टिगत आग्रह प्रस्तुत गर्नुका साथै नयाँ गठित सरकारी संस्थालाई सम्बन्धित सुझाव दिनुभएको छ।

          तीस वर्षभन्दा बढीको खुपालन र सुधार पार गरेपछि विकासबाट पाइएको उपलब्धिबाट सम्पूर्ण जनतालाई लाभान्वित गर्नु सरकारी कामको मुख्य विन्दु बनेको छ। श्री वनले सरकारी कार्य प्रतिवेदनमा भन्नुभयो: हामीले रोजगारीलाई नागरिक जीवनलाई प्रत्याभूति र सुधार गर्ने सबैभन्दा महत्वपूर्ण कार्यको रुपमा लिई पाँच वर्षमा जम्मा एक खर्ब सन्तानव्बे तीस करोड चिनियाँ युआनको रोगगारी रकम लगानी लगाएका छौँ। सम्पूर्ण जनताको आधारभूत चिकित्सा विमा प्रणाली प्रारम्भिक रुपमा स्थापित भएको छ।

           बितेका पाँच वर्षमा चीनले अन्तर्राष्ट्रिय बैकिङ संकट,वन छ्वान भयङ्कर भूकम्प आदि घटनाबाट ल्याइएको चुनौति पार गरेको थियो। तापनि यस अवधिमा चीनको कूल राष्ट्रिय उत्पादित मात्रा विश्वको दोस्रो स्थानमा बसेको देखिन्छ। विशेष गरी गतवर्ष विश्वको अर्थतन्त्र कमजोर भएको परिस्थितिमा चीनको अर्थतन्त्र निरन्तर रुपमा घट्ने प्रवृत्तिलाई नियन्त्रणमा राखी उल्लेखनीय आर्थिक विकास गरेको थियो।

            विकासका साथमा सधैं नै समस्या पनि रहेका छन्। श्री वन च्या पाउका अनुसार विकासमा असन्तुलित र मध्यस्थता गर्न नसक्ने समस्या निरन्तर रुपमा स्पष्ट छन्। वर्तमान चीनका सामु अर्थतन्त्रको वृद्धिदर घट्नसक्ने सम्भावना मात्र नभई अझ बढी अन्तर्विरोध रहेका छन्। उदाहरणका लागि अर्थतन्त्रको वृद्धिदर घट्ने दवाव र अपेक्षाकृत बढी उत्पादित श्रोतसाधनबीचको अन्तर्विरोध,आर्थिक विकास र ऊर्जास्रोतको वातावरणबीचको अन्तर्विरोध आदि। विकासबाट आएका सबै समस्या सुधारमार्फत समाधान गरिनुपर्छ।

            नवगठित सरकारले आफ्नो कामको प्रारम्भिक बन्दोबस्त गर्नेमा श्री वन च्या पाउले आर्थिक विकासको शैली परिवर्तनलाई तीब्र गतिले बढाउने,शहर र ग्रामीण क्षेत्रको विकासको एकिकरणलाई प्रवर्द्धन गर्ने,नागरिक जीवनलाई प्रत्याभूति र सुधार गर्ने सुझाव दिनुभएको छ।

            चीनको संविधानबमोजिम हरेक खेपको सरकारको कार्यावधि जन काङ्ग्रेसको कार्यावधिसित एउटै हो साथै पुनःनियुक्त गर्नु दुई पटकभन्दा बढी हुन सक्दैन। सन् 2003 देखि श्री वन च्या पाउले प्रधानमन्त्रीको हैसियतले जम्मा दश पटक सरकारी कार्य प्रतिवेदन सार्वजनिक गर्नुभएको छ। यस पटकको प्रतिवेदन अपेक्षाकृत छोटो भएता पनि वितेका दश वर्षको सुधार र आशा अभिव्यक्त भएको छ। भविष्यको पूर्वानुमान गर्दा चीनले निरन्तर रुपमा जनतालाई आधारको रुपमा लिँदै सम्पूर्ण,मध्यस्थ र दिगो विकासलाई पूर्णता दिलाउन प्रयास गर्ने भएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह