चीनको नयाँ राष्ट्रिय जन काङ्ग्रेसको पहिलो सम्मेलन पाँच तारिख बिहान पैचिङमा सुरु भएको छ। हु चिन थाउ र सि चिन फिङलगायत चिनियाँ नेतागण तथा नयाँ राष्ट्रिय जन काङ्ग्रेजका लगभग तीन हजारजना प्रतिनिधिहरू त्यस सम्मेलनमा उपस्थित हुनुभएको छ।
राष्ट्रिय जन काङ्ग्रेस चीनको सर्वोच्च राष्ट्रिय आधिकारिक संस्था हो। प्रधानमन्त्री वन च्या पाउले राज्य परिषद्को तर्फबाट सम्मेलनसमक्ष बितेका पाँच वर्षयता वर्तमान सरकारको कार्यबारे प्रतिवेदन पेश गर्नुभएको छ।
बितेका पाँच वर्षका कार्य उपलब्धिको ठीक मूल्याङ्कन गर्नुका साथै उहाँले चीनको आर्थिक र सामाजिक विकासमा अन्तर्विरोध र समस्या अझ मौजुद रहेको कुरा पनि औंल्याउनुभएको छ।
आफ्नो प्रतिवेदनमा उहाँले यसवर्ष चीनको आर्थिक र सामाजिक विकासको मुख्य निर्धारित लक्ष्य पनि प्रस्तुत गर्नुभएको छ।
जम्मा साढे बाह्र दिनसम्मको अवधिमा नयाँ राष्ट्रिय जन काङ्ग्रेजका लगभग तीन हजारजना प्रतिनिधिहरूले उक्त सरकारी कार्य प्रतिवेदनको लेखाजोखा गर्ने कार्यक्रम रहेको छ।