फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राष्ट्रिय विकास तथा सुधार समितिका प्रमुखद्वारा गतवर्षको सात दशमलब आठ प्रतिशत आर्थिक वृद्धिदरको सक्रिय मूल्याङ्कन्

(GMT+08:00) 2013-03-06 15:02:52

          चिनियाँ राष्ट्रिय विकास तथा सुधार समितिका प्रमुख चाङ फिङले आज बाह्रौं राष्ट्रिय जन काङ्ग्रेसको पहिलो अधिवेशनद्वारा आयोजित पत्रकार सम्मेलनमा गतवर्ष चीनको आर्थिक वृद्धिदर सात दशमलब आठ प्रतिशत पुगेको कुराको सक्रिय मूल्याङ्कन् गर्नुभएको छ।

           श्री चाङ फिङका अनुसार, गतवर्ष चीनको आर्थिक वृद्धिमा लगानीभन्दा उपभोगको मात्रा धेरै बढेको छ। भावी अवधिमा आर्थिक वृद्धिमा उपभोगको आधारभूत भूमिका निरन्तर रुपमा निर्वाह गरिनुपर्छ। आन्तरिक मागलाई बढाउनु चीनको आर्थिक विकासको रणनीतिमध्येको आधार भएको हुनाले त्यसलाई दीर्घकालीन अवधिसम्म लागु गरिनुपर्छ। आन्तरिक माग बढाइएको कारण अन्तर्राष्ट्रिय बैंकिंग सङ्कटमा चीनले यस्तो महान उपलव्धि हाँसिल गरेको हो। तथापि आर्थिक वृद्धिमा लगानीको पनि निर्णायक भूमिका रहेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह