फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ व्यावसाय विदेशतिर खुला हुने नीतिलाई अझ विस्तार गरिने

(GMT+08:00) 2013-03-08 16:21:34

            हाल अन्तर्राष्ट्रिय समाजमा रहेको"विश्व व्यापार संगठनमा संलग्न भएदेखि चीनले विदेशका लागि खुला हुने विषयमा केही नयाँ कदम नचालेको"भन्ने भनाइप्रति चीनका वाणिज्य मन्त्री छन त मिङले आज आठ तारिख राष्ट्रिय जन काङ्ग्रेसको वार्षिक सम्मेलनको पत्रकार सम्मेलनमा बोल्दै उक्त कुरा अस्वीकार गर्नुभएको छ। उहाँले चीनद्बारा दिन प्रतिदिन विदेशसमक्ष खुला भएको कुरा वास्तविक उदाहरणले प्रमाण दिनुका साथै आउने दिनहरुमा यस खुला हुने नीतिलाई अझ विस्तार गरिने कुरा व्यक्त गर्नुभएको छ।

           आज बिहान आयोजित पत्रकार सम्मेलनमा श्री छन त मिङले"स्वदेशी तथा विदेशी व्यापारको विकास र विदेशसँगको आर्थिक सहयोगलाई    प्रवर्द्धन गर्ने"भन्ने मुख्य विषय लिई स्वदेशी तथा विदेशी सम्वाददाताद्बारा सोधिएका"चिनियाँ व्यवसाय बाहिर जाने","इन्टरनेट शपिङ परिपाटीलाई सुव्यवस्थित गर्ने"आदि क्षेत्रका प्रश्नको जवाफ दिनुभएको थियो।

            विदेशका लागि खुला हुने क्षेत्रमा श्री छनका अनुसार चीनले क्रमशःविदेशका लागि खुला हुँदै जाने क्रममा विदेशले पनि चीनसमक्ष खुला भएर आउनसक्ने आशा चीनले गरेको छ। यसबाहेक विदेशका लागि चीनको खुला नीति स्वदेशी अर्थतन्त्रको विकसित शैलीको परिवर्तन र आर्थिक बनौटलाई सुव्यवस्थित गर्ने विषयसँग अनुकूल हुनुपर्छ।

            आफ्नो शक्ति झनझन बढ्दै जानुका साथ अझ बढी व्यवसायले बाहिरतिर लगानी गरेका छन्। बाहिर जाने क्रममा केही मुलुकले चिनियाँ व्यवसायका लागि बनाएको बाधा पनि रहेको देखिन्छ। यसप्रति श्री छन त मिङले व्याख्या गर्दै केही विकसित मुलुकका केही साँसदले शीतयुद्ध कालको विचार र धारणाबाट हेर्नु नै चिनियाँ व्यवसायद्बारा विदेशमा लगानी लगाउने क्रममा आउने बाधा हो। तर ती साँसदहरूको धारणा विदेशी मुलुकको मुख्य धारणा होइन साथै समस्त जनमतको धारणा पनि होइन भनी बताउनुभएको छ। श्री छनका अनुसार, चीन सरकारले बाहिर जाने चिनियाँ व्यवसायले विदेशी मुलुकको कानुन र स्थानीय साँस्कृतिक चाल-चलन पालन गर्न आग्रह गर्नुका साथै सकेसम्म ती व्यवसायको वैधानिक अधिकारलाई प्रत्याभूति गरिनेछ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह