फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बती महिला तथा बालबालिकाको अधिकार तथा हित राम्ररी सुरक्षित

(GMT+08:00) 2013-03-08 18:17:39

          चीनको राष्ट्रिय काङ्ग्रेस सम्मेलनका प्रतिनिधि एवम् तिब्बत स्वायत प्रदेशअन्तर्गत ल्हासा शहरीय छङ्ग क्वान क्षेत्रीय ना चिन जिल्लाकी उपप्रमुख कसाङ डोल्करले तिब्बती प्रतिनिधि मण्डलको पहिलो बैठकमा तिब्बती महिला तथा बालबालिकाको अधिकार तथा हित कानुनद्बारा राम्ररी सुरक्षित भएको कुरा व्यक्त गर्नुभएको छ।

           पुरानो तिब्बत कालमा महिलाले शिक्षा अधिकार र विवाह अधिकारको उपभोग गर्न सकेका थिएनन्। राष्ट्रिय मामिलाबारे छलफलमा भाग पनि लिंदैनथे। अहिले तिब्बती महिलाको राजनैतिक अधिकार, शिक्षा तथा विवाहलगायत विविध अधिकारको उपभोग गर्नुका साथै कानुनद्बारा सुरक्षित गरिएको छ। साथै बालबालिकाको शिक्षा र अरु अधिकार राष्ट्रिय कानुनद्बारा सुरक्षित छ। विद्यार्थीहरुले अंग्रेजी, तिब्बती र चिनियाँ भाषाको शिक्षा लिएका छन्। महिला तथा बालबालिकाको स्थान धेरै माथि उकासिएको छ। सम्वाददाताको प्रश्नको उत्तर दिंदै श्रीमती कसाङ डोल्करले उक्त जानकारी दिनुभएको हो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह