फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन अझ सक्रिय धारणाद्बारा अन्तर्राष्ट्रिय मामिलामा संलग्न हुने

(GMT+08:00) 2013-03-09 18:34:25

         चीनका परराष्ट्रमन्त्री याङ्ग चे छले नौ तारिखका दिन पैचिङ्गमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै भावी चीनको परराष्ट्र मामिलामा शान्तिपूर्ण विकास हुने र सहयोग तथा साझा समृद्धिकोबमोजिम अझ सक्रिय धारणाद्बारा अन्तर्राष्ट्रिय मामिलामा संलग्न हुने कुरा औंल्याउनुभएको छ।

         हरेक वर्षको दुई महाधिवेशनको अवधिमा परराष्ट्रमन्त्रीले गर्ने पत्रकार सम्मेलनमा देशी र विदेशी पत्रकारका लागि साझा चासो भएका विषय समावेश हुने भएको कारण त्यो निकै आकर्षित देखिन्छ। चीनको अन्तर्राष्ट्रिय राजनीतिक र आर्थिक स्थानमा निरन्तर रुपमा माथि उठ्दैआएको सिलसिलामा अबउप्रान्त चीनले अन्तर्राष्ट्रिय मामिलामा के कस्तो पात्र भई अभिनय गर्ने भन्ने कुरा यस पत्रकार सम्मेलनको ध्यानाकर्षणको विषय बनेको छ। यस सन्दर्भमा श्री याङ्ग यसरी भन्नुहुन्छ:

          एकाइसौं शताव्दीको अन्तर्राष्ट्रिय बहुपक्षीय प्रणालीमा प्रतिनिधित्व विस्तार गरिने, निष्पक्षतालाई माथि उकासिने र वास्तविकतालाई सबल पारिने ठहर हामीले गरेका छौं। हामीले अझ सकारात्मक धारणामार्फत अन्तर्राष्ट्रिय मामिलामा भाग लिनेछौं। त्यसबाट अन्तर्राष्ट्रिय प्रणालीलाई अझ निष्पक्ष र उचित दिशातिर विकसित पार्नका लागि ठीक भूमिका निर्वाह गर्नसकिनेछ।

           अझ सक्रियताका साथ अन्तर्राष्ट्रिय मामिलामाम सहभागी हुनुका साथै चीनको परराष्ट्र कार्यका सामु देखापरेको चुनौति पनि बढ्दैगएको देखिन्छ। श्री याङ्गले पत्रकार सम्मेलनमा चीनले छिमेकीलाई साझेदारको रुपमा व्यवहार गर्ने वरिपरिको परराष्ट्र नीतिलाई कायम राख्दैजाने कुरा पनि बताउनुभएको छ।

           देशको सार्वभौमिकता र उचित हक-अधिकारको संरक्षण गर्ने हाम्रो अठोट निकै दृढ रहेको छ। साथै हामीले सम्झौता-वार्तामार्फत विवादको राम्ररी समाधान गर्ने नीतिलाई कायम राख्दैजानेछौं।

            सन् 2012 मा जापान सरकारले अवैध रुपमा कथित त्याउ यु टापु खरिद गर्न खोजेको कारणले चीन तथा जापानबीचको सम्बन्ध गतिरोधात्मक अवस्थामा आइपरेको देखिन्छ। अहिलसम्मे पनि खुकुलो भएको छैन। भावी चीन-जापान सम्बन्धलाई कसरी विकसित पारिने भन्ने विषय लिएर श्री याङ्गले यसरी भन्नुभयो:

            जापानले तथ्य कुरा बुझेर र ठीक व्यवहार गरेर आफ्नो गल्ती सच्याउनुका साथै चीनसँग मिलेर सम्झौता-वार्तामार्फत विभिन्न समस्याको राम्ररी समाधान गर्नुपर्ने ठहर चीनले गरेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह