फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको कृषि उप-मन्त्रीको वचनबद्धता

(GMT+08:00) 2013-03-12 18:47:40

               वितेका केही वर्षमा देखा परेको खाद्य पदार्थको सुरक्षाबारेको घटनाले चिनियाँ सर्वसाधारणलाई चिन्तित बनाएको छ। चीनको कृषि उप-मन्त्री छन स्याउ व्हाले एघार तारिख पैचिङ्गमा बोल्दै प्रतिवर्ष चीनको 96%भन्दा बढीको कृषि उत्पादित बस्तु सुरक्षित भएको र कृषि उत्पादित बस्तुको गुणस्तरको व्यवस्थापन गर्नका लागि अरु तीन वटा कदम चाल्ने कुरा व्यक्त गर्नुभएको छ। चीनको अन्नबालीको सुरक्षाको वचन दिनुका साथै उपमन्त्री छनले सन् 2013मा चीनको अन्नबालीको उत्पादित मात्रा लगातार दश वर्षसम्म बृद्धि गर्न प्रयास गर्ने पनि व्यक्त गर्नुभएको छ।

              उहाँले चिनियाँ राष्ट्रिय सर्वोच्च आधिकारिक विभागको वार्षिक सम्मेलन "ग्रामिण क्षेत्रको विकासलाई प्रबर्द्धन गर्ने तथा अन्न र कृषि उत्पादनको स्थीरता कायम राख्ने "विषयक पत्रकार सम्मेलनमा सो कुरा व्यक्त गर्नुभएको हो। उहाँले चिनियाँ तथा विदेशी पत्रकारसामु चीनको कृषि उत्पादित बस्तुको गुणस्तर तथा सुरक्षाबारेको अधिकृत अङ्क सार्वजनिक गर्नुभएको छ।

              कृषि उत्पादित बस्तुको गुणस्तरको सुरक्षाको अवस्था आधारभूत स्थीर हुनुका साथै क्रमशः राम्रो बन्दैआएको छ। प्रतिवर्ष गरेको कृषि उत्पादित बस्तुको गुणस्तरको सुरक्षाबारेको नियमित निगरानीबाट हेर्दा 96%भन्दा बढीको कृषि उत्पादित बस्तु सुरक्षित भएको छ। कृषि उत्पादित बस्तुको गुणस्तर सर्वसाधारणको स्वास्थ्यसित सम्बन्धित हुन्छ। हामीले 1%को समस्या भएमा यसको समाधान गर्नका लागि 100%को प्रयास सम्भव गर्नुपर्ने ठहर लिएका छौं।

              चीनले विश्वको 7%को खेतियोग्य भूमिमा भर परेर विश्वको 22% जनतालाई अन्नबाली प्रदान गरेको छ। शहरीकरणको प्रक्रिया द्रुत हुनुका साथसाथै चीनको अन्नबालीको सुरक्षा विश्वमा आकर्षित भएको छ। यस सन्दर्भमा उप-मन्त्री छनले चीनको अन्नबालीको उत्पादित मात्रा लगातार नौ वर्षसम्म बृद्धि भएको र अन्नबाली सुरक्षित भएको कुरा व्यक्त गर्नुभएको छ।

              हाम्रो देशमा अन्नबालीको उत्पादित मात्रा लगातार नौ वर्षसम्म बृद्धि भएको कुरा एक उपलब्धि हो। विगत वर्ष अन्नबालीको उत्पादित मात्रा 11 खर्ब 79 अर्ब 10 करोड किलोग्राम पुगेको छ। अहिले चीनमा उत्पादित धान, गहुँ तथा मकैंले 98%माँग पूरा गर्नसक्छ। हामीले आयात गरेको अन्नको परिमाण हाम्रो उत्पादित मात्राको 2% मात्र बराबर भएको छ। त्यसैले अन्नबालीको सुरक्षाको प्रत्याभूति गर्नसकिन्छ।

              चीनमा लगातार नौ वर्षसम्म अन्नबालीको उत्पादित मात्रा बृद्धि भएको कुराले कृषि उप-मन्त्री छनलाई केही चिन्ता दिएको छ। किनकि यस्तो उच्च आधारमा यस वर्षको अन्नबालीको उत्पादित मात्रा बढ्ने दवाव तथा कठिनाइ ठूलो छ। यस वर्ष चीनमा 10 खर्ब 50 अर्ब किलोग्रामको अन्नबालीको उत्पादित मात्राको लक्ष्य निश्चित भएको छ। उपमन्त्री छनले यस लक्ष्य पूरा हुनका लागि अनेकौं कदम चाल्ने कुरा व्यक्त गर्नुभएको छ।

              हामीले नीतिद्बारा कृषकमा अन्नबालीको उत्पादन गर्ने सक्रियता उठाउनुपर्छ। यसरी कृषकलाई बढी अन्न तथा राम्रो अन्न खेतिपाति गराइनेछ। दुइ, हामीले बिज्ञान-प्रविधिद्बारा अन्नबालीको उत्पादन मात्रा उकास्ने छौं। तीन, हामीले प्रकोपको प्रतिरोध तथा न्यूनत्तम पार्ने काम राम्ररी गर्नुपर्छ। खेतिपाति गर्ने कृषकको इच्छाबारेको छानबीनबाट हेर्दा यस वर्षको बसन्त ऋतुमा बिउँ रोप्ने क्षेत्रफल बढ्ने छ। र कृषि पूँजीको आपूर्ति प्रत्याभूति गर्नसकिन्छ। हामीले यस वर्ष अन्नबालीको उत्पादित मात्रा बढ्ने विश्वास लिन्छौं।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह