फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बाह्रौं चिनियाँ राष्ट्रिय जन काङ्ग्रेसको पहिलो सम्मेलनद्बारा नयाँ राष्ट्रिय नेतागण निर्वाचित

(GMT+08:00) 2013-03-14 14:31:04

        बाह्रौं चिनियाँ राष्ट्रिय जन काङ्ग्रेसको पहिलो सम्मेलनको चौथो पूर्ण बैठक चौध तारिख बिहान जन बृहत सभा भवनमा आयोजना गरिएकव छ। उक्त बैठकमा बिना नामको मतदानको तरिकामार्फत श्री सि चिन फिङ्गलाई जन गणतन्त्र चीनका राष्ट्राध्यक्ष एवम् जन गणतन्त्र चीनको केन्द्रीय सैनिक आयोगका अध्यक्ष, श्री चाङ्ग द च्याङ्गलाई बाह्रौं चिनियाँ राष्ट्रिय जन काङ्ग्रेसको स्थायी समितिका अध्यक्ष र श्री लि युआन छाउलाई चीनका उप-राष्ट्राध्यक्ष निर्वाचित गरिएको छ। यसका साथै बैठकमा मतदानद्बारा राज्य परिषद्का सँस्थाको सुधार तथा क्रियाकलापको परिवर्तनबारेको प्रस्ताव-सुझावलाई अनुमोदन गरिएको छ।

          यसबाहेक बैठकले श्री लि च्येन को र वाङ्ग शङ्ग च्युनलगायत तेह्र जनालाई बाह्रौं चिनियाँ राष्ट्रिय जन काङ्ग्रेसको स्थायी समितिका उपाध्यक्ष निर्वाचन गरेको। अन्य 161 जनालाई बाह्रौं चिनियाँ राष्ट्रिय जन काङ्ग्रेसको स्थायी समिति सदस्यमा निर्वाचन गरिएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह