फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मुद्रास्फीतिमाथि उच्च सतर्क राख्नुपर्छ: चौ स्याउ छ्वान

(GMT+08:00) 2013-03-14 08:35:45

        चीनको केन्द्रीय बैङ्क—चिनियाँ जन बैङ्कका गभर्नर चौ स्याउ छ्वानले गत फेब्रुअरी महिनाको सी पी आई 3.2 प्रतिशत पुगी सामान्य प्रत्याशाभन्दा अलि बढी भएको छ र त्यसबाट मुद्रास्फीतिमाथि उच्च सतर्क राख्नुपर्ने अर्थ देखिएको कुरा बताउनुभयो।

        हिजो बाह्रौँ राष्ट्रिय जन काङ्ग्रेस स्थायी समितिको पहिलो अधिवेशनको पत्रकार सम्मेलनमा श्री चौ स्याउ छ्वानले उक्त कुरा व्यक्त गर्नुभएको थियो। उहाँले यसै वर्ष स्थिर मुद्रा नीतिको कदम चाल्दा खुकुलो मुद्रा नीति नहुने कुरा व्यक्त गर्नुभयो। उहाँका अनुसार, केन्द्रीय बैङ्कले मुद्रा नीतिलगायत अरु कदममार्फत सामानको भाउ र मुद्रास्फीतिको प्रत्याशालाई स्थिर पार्न तयारी गरेको छ। घर-आबासको मूल्यबारे चर्चा गर्दै श्री चौ स्याउ छ्वानले संरचनात्मक ऋण नीतिमार्फत घर-आबासको मूल्य नियन्त्रण गर्ने र कुनै कदमलाई अरू बढाउने कुरा व्यक्त गर्नुभयो।

        साथै केन्द्रीय बैङ्कका उप-गभर्नर फान कुङ शङले चीनको बैङ्किङ क्षेत्रमा खराब कर्जाको परिमाण र यस्तो कर्जाको अनुपात कम स्तरमा रहेको र पूँजी गुणस्तरप्रति आफूले आशावादी विचार लिएको कुरा व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह