फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सिन चिन फिङलाई ओबामाको बधाइ

(GMT+08:00) 2013-03-15 10:34:15

          अमेरिकी राष्ट्रपति बाराक ओबामाले हिजो चौध तारिख बेलुकी चीनका नवनियुक्त राष्ट्राध्यक्ष सि चिन फिङलाई टेलिफोन गरी बधाइ ज्ञापन गर्नुभएको थियो। सो अवसरमा दुई पक्षले आपसी सम्मान र सहयोगलाई अगाडि बढाउने कुरामा जोड दिएका थिए।

          टेलिफोनमा श्री ओबामाले भन्नुभयो: गत चारवर्षमा अमेरिका र चीनले व्यापक तथा गहिरो रुपमा सहयोग गरेका छन्। हाल दुई देशको सम्बन्धसमक्ष विकास दिशा निश्चित हुने ऐतिहासिक मौका देखापरेको छ। अमेरिकाले चीनसँग संयुक्त प्रयास गरी दुई देशका नेताबीचको आदान-प्रदान र वार्तालाई कायम राखेर अमेरिका-चीन सम्बन्धलाई सही दिशातिर स्थिर रुपमा विकास गर्न अरु बढाउने आशा लिएको छ। यसबाहेक अमेरिकाले चीनसँगको सहयोगलाई बढाएर एशिया तथा प्रशान्त क्षेत्रको सुरक्षा, स्थिरता र समृद्धि ल्याउने इच्छा लिएको छ।

           श्री सि चिन फिङले ओबामाको बधाइप्रति धन्यवाद ज्ञापन गर्नुभयो। उहाँले भन्नुभयो: चीन र अमेरिकाको विशाल साझा हित छ तर पनि केही मतभेद छ। चीन-अमेरिका सम्बन्ध अघि बढाउनेमा चीन अडिग रहनेछ। साथै चीनले अमेरिकासँग आपसी विश्वास र सहयोग बढाएर नयाँ ठूलो मुलुकको सम्बन्ध बनाउने इच्छा चीनले लिएको छ। चीन-अमेरिका आर्थिक तथा व्यापारिक सहयोगबारे चर्चा गर्दै श्री सि चिन फिङले दुई पक्षले सम्मान र खुला वार्ता गरी आर्थिक तथा व्यापारिक समस्यालाई राजनीतिकरण नगरी आपसी हितसहितको सम्बन्धलाई सुदृढ पार्नुपर्ने र त्यसले दुई देश, जनता र विश्वको आर्थिक विकासलाई सहयोग दिने कुरा व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह