फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

लि ख छ्याङ चीनका प्रधानमन्त्रीमा नियुक्त

(GMT+08:00) 2013-03-15 14:35:57

            बाह्रौँ राष्ट्रिय जन काङ्ग्रेस स्थायी समितिको पहिलो अधिवेशनको पाँचौँ सम्पूर्ण सम्मेलन आज पन्ध्र तारिख बिहान जन बृहतसभा भवनमा आयोजना भएको छ। सम्मेलनले श्री लि ख छ्याङलाई जन गणतन्त्र चीनका प्रधानमन्त्रीमा नियुक्त गर्ने निर्णय गरेको छ।

            आजको सम्मेलनमा निश्चित 2,986 प्रतिनिधिमध्ये 2,957 जना उपस्थित हुनुहुन्थ्यो । उपस्थित संख्या र गणपूरक संख्या अनुकूल छ।

            सम्मेलनले श्री लिलाई जनगणतन्त्र चीनका अध्यक्ष सि चिन फिङले प्रधानमन्त्रीमा र जन गणतन्त्र चीनको केन्द्रीय सैन्य आयोगका अध्यक्ष सि चिन फिङले नै सैन्य आयोगका उपाध्यक्ष र सदस्यका लागि सिफारिस गर्नुभएको सुनाएको छ।

            सम्मेलनले मतदान गरी लि ख छ्याङ चीनका प्रधानमन्त्री, फान छाङ लुङ, स्यु छि ल्याङ केन्द्रीय सैन्य आयोगका उपाध्यक्ष, छाङ वान छ्युआन, फाङ फोङ ह्वी, चाङ याङ, चाउ ख श, चाङ यु स्या, ऊ शङ लि, मा स्याउ थ्यान, वी फोङ जन गणतन्त्र चीनको केन्द्रीय सैन्य आयोगका सदस्य हुने निर्णयसमेत गरेको छ।

             साथै सम्मेलनले चौ छ्याङलाई सर्वोच्च जन अदालतका प्रधानन्यायाधीश र छाउ च्यान मिङलाई सर्वोच्च जन महान्यायाधिवक्तामा नियुक्त गरेको छ।

            चीनका राष्ट्राध्यक्ष सि चिन फिङले नं एक राष्ट्राध्यक्ष आदेशमा हस्ताक्षर गर्नुभयो। सम्मेलनको निर्णयअनुसार, लि ख छ्याङलाई जन गणतन्त्र चीनका प्रधानमन्त्रीमा नियुक्त गरिएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह