फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सन् 2013 को चीनको कार बजारप्रति विश्व कार उद्योग आशावादी

(GMT+08:00) 2013-03-15 11:42:01

            अन्तर्राष्ट्रियका चार ठूला प्रमाणित सार्वजनिक लेखापरीक्षण मध्येको एक प्राइस वाटरहाउस कूपरले बिहीबार शाङ्गहाईमा वार्षिक कार उद्योगको जांचबुझ प्रतिवेदन सार्वजनिक गरेको छ। एक तिहाई जति कार उद्योगका प्रमुख कार्यकारी अधिकृतहरुले अन्तर्वार्ता दिँदै चिनियाँ कार बजार नै सन् 2013 विश्वको मुख्य बृद्धि बजार हुने कुरा बताएका छन्।

            प्रतिवेदन अनुसार ती संस्थाका जिम्मेवार पदाधिकारीहरुमध्ये दुई तिहाईले आगामी बाह्र महिनामा चीनमा रहेको उत्पादन शक्तिलाई निर्माण अथवा अझ विस्तृत पार्नेछन्। अन्तर्वार्तामा सहभागि सिईओहरुमध्येका 30 प्रतिशत जतिले आगामी वर्षमा कम्पनीको आम्दानीमा बृद्धि हुनेमा धेरै विश्वस्त रहेको बताउँदै चीनको कार बजारको आम्दानीमा वृद्धिको राम्रो भविष्य रहेको पनि दावी गरेका छन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह