फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सि चिङ फिङ चीनका राष्ट्रपति निर्वाचित भएपछि नेपाल चीन मैत्री संघका प्रतिनिधिहरुले शुभकामना व्यक्त गरेका छन्

(GMT+08:00) 2013-03-15 18:35:17

             नेपालको अशल छिमेकी मित्रराष्ट्र चीनमा चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सी चिङ फिङ राष्ट्रपति पदमा निर्वाचित हुनु भएकोमा नेपाल चीन मैत्री संघका प्रमुखहरुले उहाँको उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।

            सी.आर.आई.सँग कुरा गर्दै चीन अध्ययन केन्द्रका अध्यक्ष मदन रेग्मीले चिनियाँ नेता सी चिङ फिङ राष्ट्रपति भएपछि चिनियाँ प्रगति अभझै द्रुत गतिमा अगाडि बताउनुभयो । अध्यक्ष रेग्मीले नेपाल र चीनबीचको मैत्री सम्बन्ध पनि चिनियाँ नेता सीको कार्यकालमा अझै मजबुत हुने आशा प्रकट गर्दै चिनियाँ प्रगति र विकासमा राष्ट्रपति सी सफल बन्ने शुभकामना व्यक्त गर्नुभयो ।

            नेपाल चीन सांस्कृतिक तथा शैक्षिक परिषदका अध्यक्ष डा. हरिश्चन्द्र शाहले एक्काईसौँ शताब्दीमा चिनियाँ राष्ट्रपति सीको नेतृत्वमा चीनले विश्वकै उत्कृष्ट आर्थिक सम्पन्नशाली राष्ट्र बन्ने शुभकामना दिनुभयो ।

            नेपाल चीन कार्यकारी परिषदका अध्यक्ष अनुपरन्जन भट्टराईले विश्व शान्ति, बन्धुत्व र प्रगतिमा नवनिर्वाचित चिनियाँ राष्ट्रपति सीको प्रभाव विश्वमै अनुकरणीय बनोस् भन्ने शुभकामना प्रकट गर्नु भएको छ । त्यसैगरी नेपाल चीन समाजकी अध्यक्ष प्रेमकुमारी पन्तले विश्वलाई आश्चर्य पार्ने गरी विकास भएको चिनियाँ अर्थतन्त्रको मियोका रुपमा उभिनु भएका नवनिर्वाचित चिनियाँ राष्ट्रपति सी चिङ फिङको कार्यकाल अद्वित्तीय हुने विश्वास व्यक्त गर्नुभयो ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह