वर्षाजी तथा नेपाली विभागका मित्रहरु
नमस्कार
चिनियाँ राष्ट्रिय जनकाँग्रेसको वार्षिक अधिवेशन पैचिङ्गमा हिजोबाट सुरु भएको छ । विश्वको दोस्रो अर्थतन्त्रको रुपमा स्थापित चीनले आर्थिक, सामाजिक, सांस्कृतिक, वैज्ञानिक, सामरिकलगातका सबै क्षेत्रमा द्रुत गतिमा विकास गरिरहेको छ । समग्र विकासको मार्गमा चीनलाई निरन्तररुपमा डोर्याउनका लागि तथा चिनियाँ जनताको समुन्नत भविष्यका लागि यो अधिवेशन कोशेढुङ्गा सावित हुनेछ । म चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको श्रोताको तर्फबाट नेपाली विभागमार्फत अधिवेशनको सफलताको कामना गर्दछु । अधिवेशनसम्बन्धी ताजा समाचार र सामग्रीहरु समावेश गरी हामीलाई सकेसम्म धेरै जानकारी दिनुभएकामा नेपाली विभागका मित्रहरुलाई धन्यवाद दिन्छु ।
अप्सरा सापकोटा
चिनियाँ भाषा विभाग
सनचन इन्टरनेशनल एकेडेमी
काठमाडौं, नेपाल