फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

शिव पौडेलको शुभकामना

(GMT+08:00) 2013-03-16 16:53:07
प्रमुख वर्षाजी तथा नेपाली विभागका साथीहरु

नमस्कार

चिनियाँ राष्ट्रिय जनकाङ्ग्रेस १२ ‌औं राष्ट्रिय समितिको पहिलो वार्षिक अधिवेशन पैचिङ्गस्थित जन बृहद् सभाभवनमा हिजो सुरु भएको छ । अधिवेशनको उद्घाटन समारोहमा राज्यपरिषद्का तर्फबाट आफ्नो कार्यकालको अन्तिम प्रतिवेदन पेस गर्दै प्रधानमन्त्री वन च्या पाओले चीन अझै पनि समाजवादको प्राथमिक चरणमा रहेकाले आर्थिक विकासलाई मुलुकको मुख्य प्राथमिकतामा राख्नुपर्ने कुरा बताउनुभएको थियो । उहाँले जनताको परिवर्तित चाहनाबमोजिम सरकारले राजनीतिक सुधार, भ्रष्टाचार निवारण, पर्यावरण सुरक्षा, आयमा समानतालगायतका विषयलाई गम्भिरतापूर्वक लिनेसमेत उल्लेख गर्नुभएको थियो । करिब ३ हजार प्रतिनिधिलाई सम्बोधन गर्दै वनले चालू आर्थिक वर्षमा ९० लाख रोजगारी थपिने, शिक्षा, चिकित्सा, स्वास्थ्य, सामाजिक सुरक्षालगायत अन्य कमजोर क्षेत्रहरूलाई प्राथमिकतामा राखी विशेष नीति बनाइने जनाउनुभएको थियो । प्रधानमन्त्रीको यो विचार हामीलाई समयसापेक्ष र सान्दर्भिक लागेको छ । चीनको सर्वोपरि विकास र चिनियाँ जनताको प्रगतिको मार्गमा यो अधिवेशन एक कोशे ढुङ्गा सावित हुने कुरामा हामी विश्वस्त छौं । चीनको प्रगति र उन्नतिले नेपाल र विश्वमा पनि सकारात्म प्रभाव पार्नेछ । त्यसैले चीनको विकास र प्रगतिमा रमाउने असल छिमेकी मुलुकका नागरिकका हैसियतले हामी यो अधिवेशनको पूर्ण सफलताको कामना गर्दछौं ।

शिव पौडेल अध्यक्ष

तथा

ऋषिराम चपागाई कार्यालय सचिव

सीआरआई श्रोता कुञ्ज

दुलेगौंडा तनहुँ

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह