फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्राध्यक्ष सि चिनफिङ्प्रति विश्वका नेताहरुको बधाई

(GMT+08:00) 2013-03-16 16:54:46

       सि चिनफिङ्गले चीनको राष्ट्रपति पद सम्हालेपछि विश्वव्यापी रुपमा बधाई तथा कार्यकालको सफलताको शुभकामना आउने क्रम तीव्र भएको छ। एशियाली, अमेरिकी, अफ्रिकी लगायतका देशबाट राष्ट्राध्यक्षहरुले शुभकामना सन्देश पठाएका छन्। यसैक्रममा नेपालका राष्ट्रपति डाक्टर रामवरण यादव र अन्तरिम चुनावी परिषदका अध्यक्ष खिलराज रेग्मीले शुभकामना सन्देश पठाउनुभएको छ।

        त्यसैगरी ब्राजिलका राष्ट्रपति दिल्मा रोसेफ, दक्षिण अफ्रिकाका राष्ट्रपति ज्याकोब जुमा, क्युवाका राष्ट्राध्यक्ष राउल क्यास्ट्रो, कम्बोडियाका राजा नोरोद्धोम सिंहामोनी, म्यानमारका राष्ट्रपति उ थेन सेन, ब्रुनाईका सुल्तान हस्सानल बोल्के, श्रीलंकाका राष्ट्रपति माहिन्दा राजापाक्क्षेले पनि शुभकामना सन्देश पठाउनुभएको छ।

        चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सी बाह्रौं जनकाङ्ग्रेसको बैठकद्वारा विहीबार राष्ट्रपति र, केन्द्रिय सैन्य आयोगमा निर्वाचित भएपछि शुक्रवार नै अन्यदेशका राष्ट्राध्यक्षहरुबाट पनि शुभकामना प्राप्त भएको छ। शुभकामना पठाउने अन्य राष्ट्राध्यक्षहरुमा अर्जेन्टिनाका राष्ट्रपति क्रिस्टिना फर्नाण्डेज, पेरुका राष्ट्रपति ओलान्टा हुमाला, इरानका राष्ट्रपति मोहम्मुद अहमदिनेजाद, प्यालेष्टाइनका राष्ट्रपति एवं प्यालेष्टाइन मुक्ति संगठनका अध्यक्ष महमुद अब्बास, बेल्जियमका राजा अल्वर्ट दोश्रो, अष्ट्रियाका राष्ट्रपति हेन्ज फिस्चर, जर्मनी राष्ट्रपति जोकिम ग्वाक , इटालीका राष्ट्रपति जिओर्जियो नापोलिटानो, युरोपियन परिषदका अध्यक्ष हेर्मन भान रोमपुये र युरोपियन आयोगका अध्यक्ष जोसे म्यानुअल बोर्रोसो, भेनेजुयलाका कार्यवाहक राष्ट्रपति निकोलास मादुरो, रसियन महासंघको रसियन कम्युनिष्ट पार्टीका सभापति गेन्नाडी युगानोभ लगायत रहनुभएको छ।

         यसैगरी उपराष्ट्रापति ली युआनछाओ सहित प्रधानमन्त्री ली ख छ्याङ्ग र अन्य पदाधिकारीहरुप्रति पनि अन्तर्राष्ट्रिय समुदायबाट शुभकामना आउने क्रम निरन्तर रहेको सिन्ह्वा समाचार समितिले जनाएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह