फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका नयाँ नेतागण बारेमा विभिन्न मुलुकका संचारमाध्यमको चर्चा

(GMT+08:00) 2013-03-16 13:58:10

       मार्च चौध तथा पन्ध्र तारिखका दिन सि चिनफिङ तथा ली खछ्याङ चीनका राष्ट्रपति तथा प्रधानमन्त्रीमा निर्वाचित भएपछि विश्वका विभिन्न प्रमुख संचारमाध्यमले यस विषयलाई उच्च महत्व दिएका छन। ती रिपोर्टहरुमा चीनका नयाँ नेतागणका समक्ष अर्थतन्त्रको द्रूत विकास, शहर तथा ग्रामीण क्षेत्र बीचको अन्तरलाई कम गर्ने लगायत चुनौतीहरु रहेको औंल्याइएको छ।

       पन्ध्र तारिखका दिन प्रकाशित अमेरिकी 'न्यूयोर्क टाइम्स'मा प्रकाशित एक लेखमा राष्ट्रपति सिले गत हप्ता र यस हप्ता जनकाङ्ग्रेसका प्रतिनिधिहरुसँगको भेटमा मन्दी छाएको आर्थिक क्षेत्रमा सुधार गर्नका लागि उपभोगलाई उत्तेजित पार्ने तथा शहरमा किसानको प्रवेशलाई सजिलो बनाउने कुरा पटक पटक दोहोर्‍याउनु भएको उल्लेख गरिएको छ।

        ब्रिटिस ब्रोडकास्टिङ्ग कर्पोरेसन अर्थात् बी.बी.सी.ले चीनका प्रधानमन्त्री लीको लागि सबैभन्दा महत्वपूर्ण काम भनेको चीनको आर्थिक बृद्धिको परिवर्तनलाई अघि बढाउनु, अर्थतन्त्रको द्रूत विकासलाई कायम राख्नु तथा शहर तथा ग्रामीण क्षेत्रबीचको अन्तरलाई घटाउनु रहेको जनाएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह