फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कमल लम्सालको शुभकामना

(GMT+08:00) 2013-03-17 16:55:21

        जन-गणतन्त्र चीनको 12 औं राष्ट्रिय जन-कंग्रेसको प्रथम अधिवेशन आज विहान ९ बजे बेइजिङस्थित जन-वृहद सभा भवनमा शुरु भयो। करिब दुई हप्तासम्म चल्ने सो अधिवेशनमा मुलुकभरिका झन्डै ३ हजार प्रतिनिधि सहभागी छन। यस अधिवेशनले प्रधानमन्त्री वन च्या पाओद्वारा प्रस्तुत सरकारी कार्य-प्रतिवेदन सुन्नुका साथै वार्षिक कार्यक्रम र बजेटको लेखाजोखा गर्नेछ।

       यसैबीच, चिनियाँ निवर्तमान प्रधानमन्त्री वन च्या पाओले आफ्नो मन्त्रीमंडलको कार्य-प्रतिवेदनमा सरकारी खर्चलाई अरु बढी जन-हितकारी बनाउने, अन्तरिक मागमा वृद्धि गर्ने, वातावरणीय समस्या समाधानका लागि अरु ठोस कदम चाल्ने, निजी लगानीलाई अरु उत्प्रेरित गर्ने, सिर्जनात्मक तथा नियन्त्रणात्मक वित्तीय र दूरदर्शी तथा विवेकशील मौद्रिक नीतिलाई जारी राख्नेलगायतका कुराहरु उल्लेख गर्नुभएको छ।

        राष्ट्रिय जन-कंग्रेसको यस अधिवेशनले नव-निर्वाचित राष्ट्रपति सी चिन फिङलाई चीनको सर्वोच्च शक्तिशाली पदमा पदस्थापित गर्नेछ जस कदमले वर्तमान राष्ट्रपति हु चिन थाओको योगदानको कदर गर्दै उहाँलाई राष्ट्रपतिको जिम्मेवारीबाट मुक्त गर्नेछ। यसैगरी, चिनियाँ कम्युनिस्ट पार्टी, राजनीतिक ब्युरो स्थायी समितिमा दोस्रो वरीयता क्रममा रहनुभएका उप-प्रधानमन्त्री ली खछ्याङले प्रधानमन्त्री वन च्या पाओको स्थान लिनुहुने छ। गत नोभेम्बरमा सम्पन्न ११ औं राष्ट्रिय जन-कंग्रेसको 18 औं महाधिवेशनले श्री सीलाई चिनियाँ कम्युनिस्ट पार्टीको महासचिवमा निर्वाचित गरेको थियो भने ली ख छ्याँग्लाई प्रधानमन्त्रीमा।

        चीनको सर्वोच्च कार्यकारी निकायका रुपमा रहेको राष्ट्रिय जन-कंग्रेस विश्वकै सबैभन्दा ठूलो संसद हो जसले राज्य व्यवस्था सञ्चालनका लागि संस्थागत नीति-नियम तयार पार्छ। यस पटकको अघिवेशनले नेतृत्व परिवर्तनको समेत घोषणा गर्ने भएकाले संसारको ध्यान पुनः बेइजिङमाथि केन्द्रित भएको छ।

        चिनियाँ समाचार संस्था- सिन्ह्वाले हालै गरेको अनलाइन सर्वेक्षणमा निरन्तर आर्थिक विकास, राजनीतिक सुधार, भ्रष्टाचार निवारण, पर्यावरण सुरक्षा, आयमा समानतालगायतका विषयमा नयाँ नेतृत्वप्रति जनताको मुख्य चासो रहेको उल्लेख गरिएको छ । राष्ट्रिय जन-कंग्रेसको यस अधिवेशनबारे जानकारी दिन सोमबार बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता तथा उप-विदेशमन्त्री फु यिङले कुनै बेलाको कमजोर र विपन्न चीन अहिले शक्तिशाली र विकसित भइसकेको अवस्थामा वर्तमान आवश्यकताअनुरुप चीनको रक्षा र कूटनीतिका क्षेत्रमा यथोचित परिवर्तन हुने जानकारी दिनुभयो। चीनले अपनाएको रक्षात्मक सैन्य नीतिले एसियामा शान्ति र स्थिरता कायम गर्न महत्त्वपूर्ण भूमिमा खेल्ने कुरा पनि उहाँले बताउनुभयो।तस्विर सौजन्य: जन-दैनिक अनलाइन

कमल लम्साल, नेपाल

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह