फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका प्रधानमन्त्रीद्बारा चीन-अमेरिका सम्बन्धबारे व्याख्या

(GMT+08:00) 2013-03-17 13:57:43

        चीनका प्रधानमन्त्री ली ख छ्याङ्गले आज बोल्दै चीन र अमेरिका बीचको सम्बन्ध यी दुई देशका जनताको आधारभूत हितका लागि अनुकूल हुनुका साथै विश्वको शान्ति र विकासको मुख्य प्रवाहका लागि पनि अनुकूल रहेको कुरा औंल्याउनुभएको छ। बाह्रौं चिनियाँ राष्ट्रिय जन कांग्रेसको पहिलो अधिवेशनपछि आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ली ख छ्याङ्गले उक्त कुरा बताउनुभएको हो।

        प्रधानमन्त्री ली ख छ्याङ्गका अनुसार चीनको नयाँ सरकारले पहिले गरिआए झैं चीन-अमेरिका सम्बन्धमा ठूलो महत्व दिनेछ। यो विश्वको सबैभन्दा ठूलो विकासोन्मुख र सबैभन्दा ठूलो विकसित मुलुकबीचको सम्बन्ध रहेकाले अमेरिकाका राष्ट्रपति ओबामाको सरकारसित ठूला मुलुकहरु बीचको नयाँ ढाँचाको सम्बन्धको स्थापना गर्न चीन इच्छुक रहेको कुरा पनि प्रधानमन्त्री ली ख छ्याङ्गले औंल्याउनुभएको छ।

         यसका साथै उहाँले चीन र अमेरिकाले एशिया तथा प्रशान्त क्षेत्रमा रही ठूला मुलुकहरुबीचको नयाँ ढाँचाको सम्बन्धको स्थापना गर्नु नै एशिया तथा प्रशान्त क्षेत्र र सारा विश्वको शान्ति र विकासका लागि हितकर रहने कुरामा जोड दिनुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह