फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बाह्रौं चिनियाँ राष्ट्रिय जन कांग्रेसको पहिलो अधिवेशन सम्पन्न

(GMT+08:00) 2013-03-17 11:58:42

           बाह्रौं चिनियाँ राष्ट्रिय जन कांग्रेसको पहिलो अधिवेशन आईतबार पैचिङ्गमा सम्पन्न भएको छ। चीनका राष्ट्राध्यक्ष सि चिन फिङ्गले आज आयोजना गरिएको समापन समारोहमा महत्वपूर्ण भाषण दिनुभएको छ। सो अवसरमा उहाँले चीनको सङ्कल्पलाई कसरी साकार तुल्याउने भन्ने बिषयमा प्रकाश पार्नुभयो। उहाँका अनुसार अन्तमा भन्ने हो भने चीनको सङ्कल्प चिनियाँ जनताको सपना नै हो। यसलाई साकार तुल्याउन प्रयास गर्नुपर्छ। त्यसैले जनताका लागि हित कल्याणको सिर्जना गर्नुपर्छ।

         राष्ट्राध्यक्ष सि चिन फिङ्गले चीनको सङ्कल्पलाई साकार तुल्याउन चीनको मानसिक तथा नैतिक भावनालाई प्रचार प्रसार गर्नुपर्ने बताउनुभयो। उहाँका अनुसार चीनको मानसिक तथा नैतिक भावना भनेको देशभक्तवाद केन्द्रमा रहने बिषयलाई राष्ट्रिय भावना बनाएर सुधार तथा सिर्जना केन्द्र रहने बिषयलाई युगको भावना बनाउनु भन्ने रहेको छ।

         यसका साथै श्री सि चिन फिङ्गले चीनको सङ्कल्पनालाई साकार तुल्याउन चीनको आफ्नो बाटोमा रहिरहनुपर्छ भन्दै चीनको सङ्कल्पनालाई साकार तुल्याउन सम्पूर्ण चीनको शक्तिलाई एकिकृत पार्नुपर्ने कुरा पनि औंल्याउनुभएको छ।

         बाह्रौं चिनियाँ राष्ट्रिय जन कांग्रेसको पहिलो अधिवेशनमा मतदानमार्फत सरकारी प्रतिवेदन अनुमोदन गरिएको छ। सम्बन्धित विभिन्न कार्य सूचि सम्पन्न भएपछि चिनियाँ राष्ट्रिय जन कांग्रेसको स्थायी समितिका अध्यक्ष चाङ्ग त च्याङ्गले सम्बोधन गर्दै यस पटकको अधिवेशन सम्पन्न भएको घोषणा गर्नुभएको थियो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह