फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका प्रधानमन्त्रीद्बारा पत्रकारसँग भेटघाट

(GMT+08:00) 2013-03-17 14:03:18

        चीनका प्रधानमन्त्री ली ख छ्याङ्ग र अन्य चार जना उप-प्रधानमन्त्रीले बाह्रौं चिनियाँ राष्ट्रिय जनकांग्रेसको पहिलो अधिवेशनपछि आयोजित पत्रकार सम्मेलनमा चिनियाँ तथा विदेशी पत्रकारसँग कुराकानी गर्नुभएको छ। सो अवसरमा प्रधानमन्त्री ली ख छ्याङ्गले चीनमा समाधान गर्नुपर्ने समस्या थुप्रै रहेको बताउँदै यसमा मुख्यतया आर्थिक विकास, जनताको जीवन-स्तरको सुधार तथा समाजको निष्पक्षताको प्रवर्द्धनलाई निरन्तरता दिइनुपर्ने कुरामा जोड दिनुभयो। तीन वटा समस्याको समाधान गर्न सिर्जनात्मक सरकार, चूस्त तथा कार्य कुशलतायुक्त सरकार र कानूनी राज्यको प्रत्याभूत गर्नुपर्ने कुरा श्री ली ख छ्याङ्गले औंल्याउनुभएको छ।

        उहाँका अनुसार हाल चीनको सुधारात्मक प्रणाली कठिनाईको सामना गर्नुपर्ने अवधिमा प्रवेश भइसकेको छ। चीनले बजारमूलक सुधारको दिशालाई कायमै राखी आर्थिक बनौट व्यवस्थाको सुधारलाई अघि बढाएर, बाँडफाँड व्यवस्थामा सुधार गरी समाजको निष्पक्षताको सुधारको प्रवर्द्धन गर्नुपर्छ।

        भ्रष्टाचार नियन्त्रणबारे चर्चा गर्दै श्री ली ख छ्याङ्गले भ्रष्टाचारको विरोध गर्ने चीन सरकारको अठोट दृढ रहेको र खुलस्त तथा स्पष्ट वातावरणमा आफ्नो अधिकारको प्रयोग गरी जनतालाई पूर्ण तथा प्रभावकारी तवरले निगरानी गर्ने अवसरको सिर्जना गर्नुपर्ने कुरामा जोड दिनुभएको छ।

         अमेरिकासितको सम्बन्धबारे पत्रकारद्बारा सोधिएको प्रश्नको जवाफ दिंदै प्रधानमन्त्री ली ख छ्याङ्गले चीनको नयाँ सरकारले पहिले गरिआए झैं चीन-अमेरिका सम्बन्धमा ठूलो महत्व दिनेछ। यो विश्वको सबैभन्दा ठूलो विकासोन्मुख र सबैभन्दा ठूलो विकसित मुलुकबीचको सम्बन्ध रहेकाले अमेरिकाका राष्ट्रपति ओबामाको सरकारसित ठूला मुलुकहरु बीचको नयाँ ढाँचाको सम्बन्धको स्थापना गर्न चीन इच्छुक रहेको कुरा पनि प्रधानमन्त्री ली ख छ्याङ्गले औंल्याउनुभएको छ।

          यसका साथै उहाँले आफ्नो विकास भइरहेको एउटा ठूलो मुलुकका रुपमा चीनले आफू सुहाउँदो अन्तर्राष्ट्रिय कर्तव्यलाई पालना गरेर सारा विश्वका विभिन्न मुलुकसँग संयुक्त प्रयास गरी 21 औं शताब्दीमा सारा विश्वको शान्ति र समृद्धिलाई कायमै राख्ने चीनको इच्छा रहेको बताउनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह