फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बाह्रौं चिनियाँ राष्ट्रिय जन कांग्रेसको पहिलो अधिवेशन सम्पन्न

(GMT+08:00) 2013-03-17 16:04:33

       बाह्रौं चिनियाँ राष्ट्रिय जन कांग्रेसको पहिलो अधिवेशन आईतबार पैचिङ्गमा सम्पन्न भएको छ। चीनका राष्ट्राध्यक्ष सि चिन फिङ्गले आज आयोजना गरिएको समापन समारोहमा महत्वपूर्ण भाषण दिनुभएको छ। सो अवसरमा उहाँले चीनको सङ्कल्पलाई कसरी साकार तुल्याउने भन्ने बिषयमा प्रकाश पार्नुभयो। उहाँका अनुसार अन्तमा भन्ने हो भने चीनको सङ्कल्प चिनियाँ जनताको सपना नै हो। यसलाई साकार तुल्याउन प्रयास गर्नुपर्छ। त्यसैले जनताका लागि हित कल्याणको सिर्जना गर्नुपर्छ।

        बाह्रौं चिनियाँ राष्ट्रिय जनकांग्रेस स्थायी समितिको पहिलो अधिवेशनमा पारित सरकारी कार्य प्रतिवेदन, चिनियाँ राष्ट्रिय जन काँग्रेस स्थायी समितिको कार्य प्रतिवेदन, केन्द्रिय तथा स्थानीय सरकारको बजेटको कार्यान्वयन अवस्था 2012 तथा केन्द्रिय तथा स्थानीय सरकारको बजेट 2013 सम्बन्धि निर्णय-प्रस्तावलाई अनुमोदित गरिएको छ। साथै महाधिवेशनमा सर्वोच्च जन न्यायाधिवक्ताको कार्यालयको कार्य प्रतिवदेनलाई पनि अनुमोदन गरिएको छ।

         माथि उल्लेखित ती विभिन्न कार्य सूची सम्पन्न भएपछि राष्ट्राध्यक्ष सिले सम्बोधन गर्नुभएको छ। उहाँले चीनको सङ्कल्पलाई साकार तुल्याउन चीनको मानसिक तथा नैतिक भावनालाई प्रचार प्रसार गर्नुपर्ने बताउनुभयो। उहाँका अनुसार चीनको मानसिक तथा नैतिक भावना भनेको देशभक्तवाद केन्द्रमा रहने बिषयलाई राष्ट्रिय भावना बनाएर सुधार तथा सिर्जना केन्द्र रहने बिषयलाई युगको भावना बनाउनु भन्ने रहेको छ।

        यसका साथै श्री सि चिन फिङ्गले चीनको सङ्कल्पनालाई साकार तुल्याउन चीनको आफ्नो बाटोमा रहिरहनुपर्छ भन्दै चीनको सङ्कल्पनालाई साकार तुल्याउन सम्पूर्ण चीनको शक्तिलाई एकिकृत पार्नुपर्ने कुरा पनि औंल्याउनुभएको छ।

          महाधिवेशन सम्मेलनमा चिनियाँ राष्ट्रिय जन कांग्रेसको स्थायी समितिका नव निर्वाचित अध्यक्ष चाङ्ग त च्याङ्गले सम्बोधन गर्दै स्थायी समितिका सम्पूर्ण सदस्यहरु तथा प्रतिनिधिहरुले देश तथा जनताको जिम्मा लिएर समाजबादी प्रजातान्त्रिक राजनीतिको विकास, जनता देशको शासनको प्रत्याभूति तथा समाजबादी कानून अनुसार देशको प्रशासनका लागि अथक प्रयास गर्ने जनाउभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह