फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

प्रधानमन्त्रीमा नियुक्त ली प्रति विश्वका नेताहरुको बधाई

(GMT+08:00) 2013-03-17 17:43:32

       ली खछ्याङ्गले चीनको प्रधानमन्त्री पद सम्हालेपछि विश्वव्यापी रुपमा बधाई तथा कार्यकालको सफलताको शुभकामना प्राप्त भएको छ। चीनको परराष्ट्र मन्त्रालयका अनुसार एशियाली, अमेरिकी, अफ्रिकी लगायतका देशबाट प्रधानमन्त्रीहरु र राष्ट्राध्यक्षहरुले शुभकामना सन्देश पठाउनुभएको छ। यसैक्रममा नेपालबाट अन्तरिम चुनावी मन्त्रीपरिषदका अध्यक्ष खिलराज रेग्मीले शुभकामना सन्देश पठाउनुभएको छ।

        त्यसैगरी पाकिस्तानका प्रधानमन्त्री राजा परवेज अश्रफ, तुर्कमेनिस्तानका राष्ट्रपति गुर्बानगुली बेर्दीमुखामेदोभ, सुडानका राष्ट्रपति ओमार अल बसार, माल्दिभियन राष्ट्रपति मोहमम्मेद वाहिद रसियाका प्रधानमन्त्री दिमित्री मेदभेदेभ कम्बोडियाका प्रधानमन्त्री हुन सेन, कजाखस्तानका प्रधानमन्त्री सेरिक अख्मेटोभ, किर्गिजस्तानका प्रधानमन्त्री जान्टोरो सतीबाल्दियेभ, र ताजकिस्तानका प्रधानमन्त्री अखिल अखिलोभले पनि शुभकामना सन्देश पठाउनुभएको छ।

         चिनियाँ कम्युनिष्ट पार्टीको बाह्रौं जनकाङ्ग्रेसको बैठकद्वारा शुक्रबार ली खछ्याङ् प्रधानमन्त्रीमा नियुक्त भएपछि उहाँलाई अन्य देशका नेताहरुले पनि बधाई तथा कार्यकालको सफलताको

         शुभकामना दिएका छन्। शुभकामना पठाउने अन्य नेताहरुमा नाइजेरियाका प्रधानमन्त्री ब्रिगी राफिनी, क्यानडाका प्रधानमन्त्री स्टेफेन हार्पर, बेलारुसका प्रधानमन्त्री मिखाइल म्यास्नीभोकिच, युक्रेनका प्रधानमन्त्री मिकोला अजारोभ, सिङ्गापुरका प्रधानमन्त्री ली सेन लुङ्, इरानका उपराष्ट्रपति मोहमम्द रेजा राहिमी, दक्षिण कोरियाका प्रधानमन्त्री चुङ्ग होङ् वन लगायत रहनुभएको छ।

         गत शुक्रबार जनकाङ्ग्रेसको बैठकमा सहभागि भएका करीब तीन हजार प्रतिनिधिहरुले राष्ट्रपति सि चिन फिङ्ग समक्ष ली लाई प्रधानमन्त्री बनाउनका लागि अनुमति दिएका थिए।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह