फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सि.आर.आईबाट दक्षिण एशियाली क्षेत्रबाट "चीन-दक्षिण एशिया एक्स्पो"को मुख्य गीत संकलन हुँदै

(GMT+08:00) 2013-03-19 10:46:54








          यस जून महिना पहिलो "चीन-दक्षिण एशियाली एक्स्पो" चीनको युननान प्रान्तीय खुनमिङ्ग शहरमा आयोजना हुनेछ। चीन र दक्षिण एशियाली मुलुकबीचको साँस्कृतिक आदान-प्रदान तथा सहयोग बढाउनका लागि पहिलो "चीन-दक्षिण एशिया एक्स्पो"को मुख्य गीत संकलन कार्य औपचारिक रुपमा सुरु भएको छ। सि.आर.आई र खुन मिङ्ग शहरले दक्षिण एशियाका विभिन्न क्षेत्रका व्यक्तिसमक्ष मुख्य गीत र गीतको शब्द संकलन गरेका छन्।

          यस एक्स्पोमा संकलन भएको मुख्य गीतको मीठो संगीत र गीत-विषयको गहिरो अर्थ रहनुपर्छ। जसबाट एक्स्पोमा "आपसी खुलापन, व्यावहारिक सहयोग, आपसी हितकर र विजय, मेलमिलापयुक्त विकास"सम्बन्धी मुख्य विषय-बस्तु देखाउनुपर्ने र युननान प्रान्त र दक्षिण एशियाली मुलुकका रङ्गीचङ्गी जातीय सँस्कृति पनि देखाउनुपर्छ। संकलनमा संलग्न भएका विषयको भाषा, शैली र प्रकारमा कुनै पनि बार-बन्देज छैन।

           यस अप्रिल महिनाको 26 तारिखअघि तपाईंको रचना सी.आर.आई नेपाली सेवामा पठाउनुहोस् हाम्रो इमेल nepali@cri.com.cn

            पहिलो "चीन-दक्षिण एशियाली एक्स्पो"ले दशवटा श्रेष्ठ रचना छान्नुका साथै मे महिनाको 6 तारिखका दिन सार्बजनिक गर्नेछ। त्यसमध्येको एक एक्स्पोको मुख्य गीत भएर उद्धादन समारोहमा गाइनेछ। छानिएको हरेक रचनाले नगद पुरस्कार पाउने व्यवस्था छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह